सबैभन्दा बढी अर्बपति बस्ने विश्वको तेस्रो शहर 'मुम्बई'
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार ११:५०:१४
१३ चैत, काठमाडौं । भारतको मुम्बई शहर अब अर्बपतिहरुकाे हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ । अर्बपतिकाे हिसाबले न्युयोर्क पहिलो स्थानमा छ । यहाँ सबैभन्दा बढी ११९ अर्बपतिहरु बस्छन् । त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन् । यो सूचीमा अब मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।
हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अर्बपतिहरु थपिएसँगै ९२ अर्बपति बस्ने गर्दछन् । मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यस अघि १०९ अर्बपति रहेको बेइजिङमा १८ अर्बपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ ।
त्यस्तै चीनको शंघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७ अर्बपति रहेको रिपोर्टमा उल्लेख छ ।
ग्लोबल रिच लिस्टका अनुसार एलन मस्क शीर्ष स्थानमा छन् भने जेफ बेजोस दोस्रो, बेर्नार्ड अर्नाल्ट तेस्रो, मार्क जुकर्बर्ग चौथो, लारी एलिसन र वारेन बफेट पाँचौं, स्टेभेन बल्लमेर सातौँ, बिल गेट्स आठौँ, लारी पेज नवौं र मुकेश अम्बानी १०औ स्थानमा रहेका छन् । त्यसैगरी भारतका गौतम अडानी यस सूचीमा १५औं स्थानमा उक्लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार