ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १२:५:४६
१३ चैत, काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको घटनामा संलग्न व्यक्ति आपराधिक पृष्ठभूमिका भएको जनाएको छ । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका ४ जनामाथि कारवाही चलाउने जानकारी दिएको छ ।
आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजा घरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । मृत्यु हुने रोबस राई र पुजन राई फरक फरक समूहका हुन् । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरे पनि चार जनामाथि मात्र मुद्दा चलाउने भएको छ ।
पक्राउ पर्ने मध्ये एक जना खाजा पसल सञ्चालक विजय राई रहेका छन् । झडपका क्रममा चक्कु प्रहार गर्ने व्यक्ति उनी नै रहेको प्रहरीको दाबी छ । पक्राउ परेका विजय आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी यसअघि लागूऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् ।
सो घटनामा संलग्न आरोपमा पक्राउ परेका मध्ये प्रहरीले मंगलबार खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई ललितपुर–१५, खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राईलाई सार्वजनिक गरेको हो ।
घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दियो । प्रतिवादी ५ जना भए पनि तत्काललाई भने पक्राउ परेका ४ जनाविरुद्ध मात्रै प्रहरीले मुद्दा अघि बढाउन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार