हाँडीकोटमा पर्यटन महोत्सव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १४:४८:७
![](https://nepalbahas.prixacdn.net/media/albums/mahosap_LqGGP66cix_UGcdXJp7rF.jpg)
१३ चैत, बलेवा 'बागलुङ' । बिस्तारै पर्यटक पुग्दै गरेको हाँडीकोटको प्रचारप्रसारमा स्थानीय युवाले सक्रियता बढाएका छन् । हाँडीकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गरेरै आन्तरिक पर्यटक पु¥याउन थालिएको हो ।
हाँडीकोटमा यस वर्षको फागु पूर्णिमामा पनि पाचौँ हाडीकोट महोत्सव भयो । कुनै ठूलो सहरको मेला महोत्सवको झल्को दिने गरी यस वर्षको महोत्सवमा आन्तरिक पर्यटक हाँडीकोट टापु पुगेका छन् । हाडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।
हाँडीकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष धर्मराज थापाले जानकारी दिए । यस पटक चैतको ८ देखि १२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडीकोटमा महोत्सव आयोजना गरिएको थापाले बताए ।
महोत्सवमा आयोजना गरिएका भलिबल खेलमा सहभागी हुने खेलाडी, सांस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आएका दर्शकले हाँडीकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कलासंस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकार पनि प्रदर्शनी गरिएको थियो । यसले हाँडीकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ ।
यस वर्ष संस्थाले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीको छायाङ्कन समेतको व्यवस्था मिलाएको थियो । महोत्सवमा इन्द्रेणी समूहलाई प्रस्तुतिका लागि बोलाएर त्यही कार्यक्रम छायाङ्कन हुँदा टेलिभिजनमार्फत हाँडीकोटको प्रचारप्रसार देश–विदेशसम्म गर्ने प्रयास गरिएको थापाले बताए ।
सडकले जोडिएपछि हाँडीकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । हाँडीकोटको पर्यटन विकास र यसलाई अझै आकर्षण बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ । हालसम्म दृश्यावलोकन स्तम्भ निर्माण, प्रतीक्षालय निर्माण, मन्दिर निर्माणका लागि रु २२ लाख खर्च गरिसकेको छ । खानेपानी व्यवस्थापनका लागि रु नौ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताए ।
हाँडीकोट चौबिसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ । त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ । ब्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् ।
हाँडीकोटको नजिकका डाँडाखानी र ब्याडथलामा सामुदायिक घरबास सञ्चालनमा छन् । घरबासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । घरबासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुकबजारमा होटल पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडीकोट महोत्सव गरिँदै आएको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ ।
यहाँ खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान–बेलुकाको सिरेठो अनि पुरातात्विक संरचना रहेका छन् । निर्माणाधीन अवस्थामा रहेको दृश्यावलोकन स्तम्भ, शिव मन्दिर सत्तल र प्रकृतिको उहार प्रयोगविहीन जस्तै छन् ।
सहरको कोलाहल र प्रदूषण छाडेर हाँडीकोट पुग्दा मन आनन्द हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिजस्ता दर्जनौँ हिमशृङ्खलाको मनमोहक दृश्यले हाँडीकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछ । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराएजस्तो अनुभूति हुन्छ ।
यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भानसमेत हुने गरेको त्यहाँ पुग्ने पर्यटकको अनुभूति छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडीकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भुत लाग्दछन् । जैमिनीको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट हो ।
समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडीकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने गर्छ । हाँडीकोटले जति प्राकृतिक र पौराणिक महत्व बोकेको छ, त्यति पर्यटक भित्र्याउन नसकेको स्थानीय बताउँछन् । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित पहाड खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार