केजरीवाल पक्राउबारे अमेरिकाको प्रतिक्रिया, ‘नजिकबाट नियालिरहेका छौं’
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १५:१:३०
१३ चैत, काठमाडौं । जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ । भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्ने समेत बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने कि हामी भारत सरकारलाई मुख्यमन्त्री अरविन्द केजरीवालका लागि निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्छौं।
यसअघि दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीलाई लिएर जर्मनीबाट पनि प्रतिक्रिया आएको थियो । त्यसमा भारतले उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जसअनुसार भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएर बयानसमेत लिएको थियो । तर, अमेरिकाको यो टिप्पणीमा भारतले अहिलेसम्म औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति घोटाला प्रकरणमा ईडीले मार्च २१ मा उनको निवासबाट पक्राउ गरेको थियो। उनी मार्च २८ सम्म केजरीवाल ईडीको हिरासतमा नै रहने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार