आन्तरिक राजश्व विभागका महानिर्देशक बराल डेढ महिना मै फालिए, नयाँ डीजीका लागि हुँदैछ मोल-मोलाई
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १६:३६:४७
१३ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले डेढ महिनामै आन्तरिक राजश्व विभागका महानिर्देशकको सरुवा गरेका छन् । गत माघ १९ गते मात्र तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यरत सहसचिव भूपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएका थिए । अर्थमन्त्री पुनले उनलाई मन्त्रालय नै फरक पारेर वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेका छन् ।
यसका साथै आन्तरिक राजश्व विभागका उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईको पनि सरुवा भएको छ । भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा फालिएको छ । पुनले विभिन्न मन्त्रालयका तीन जना सहसचिवहरूलाई अर्थ मन्त्रालय भित्र्याएका छन् ।
अर्थ मन्त्रालय भित्रिने सहसचिवहरूमा ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा रहेका छन् । यद्यपि उनीहरुको जिम्मेवारी भने तोकिएको छैन् । आन्तरिक राजश्वमा कसलाई पठाउने भन्ने बारेमा मोलमोलाई भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
माघ ५, २०८१ शनिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार