समीकरण फेरिएपछि प्रचण्डसँग कांग्रेसको लामो वार्ता, राती सवा ११ बजेसम्म बालुवाटारमै थिए देउवा
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १०:४४:०
१४ चैत, काठमाडौं । सत्ता समीकरण बदलिएपछि नेपाली कांग्रेसका शीर्ष नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार राती लामो वार्ता भएको छ । राती १० बजे बालुवाटार छिरेका कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोली सवा ११ बजेसम्म बालुवाटारमै थियो ।
मंगलबार दिउँसो नै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता एवं राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाबीच पनि छलफल भएको थियो । दिउँसो सिटौलाले भेटेर देउवालाई ब्रिफिङ गरेपछि राती प्रचण्ड र देउवा बीच छलफल भएको हो । यसबारे कांग्रेसका नेताहरूले केही नबताए पनि बालुवाटार स्रोतले टीआरसीका विषयमा छलफल भएको जानकारी दिएको छ ।
सभापति देउवा १० बजेको हाराहारीमा बालुवाटार छिरेका थिए । साढे ११.१५ सम्म भित्र नेताहरूबीच के विषयमा कुरा भयो थाहा भएन, देउवा आउनु अघि टीआरसीबारे छलफल गर्न कांग्रेस सभापति आउँदै हुनुहुन्छ भन्ने खबर थियो, स्रोतले भन्यो । बालुवाटारमा प्रचण्ड र देउवा बीच झण्डै डेढ घण्टा छलफल थियो । भेटमा टीआरसी विधेयक र वैशाख १५ गते हुने उपनिर्वाचन लगायतका विषयमा छलफल भएको भनिएको छ ।
मंगलबार दिउँसो नेता सिटौला र प्रधानमन्त्रीबीच छलफल भएपछि सभापति देउवा केही नेतासँग बालुवाटार राती छिरेका थिए । नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवा बीच पहिलो पटक छलफल भएको हो । उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सभापति देउवाले प्रधानमन्त्रीसँग भएको छलफलका विषय पदाधिकारी बैठकमा जानकारी गराउने बताइएको छ ।
इलाम २ को उपनिर्वाचनमा उम्मेदवार चयनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउने तयारी छ । चैत १८ गते अगाडि उनले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार