पाल्पामा नुहाउन गएकी १९ वर्षीया युवतीको हत्या
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार ११:७:१४
१४ चैत, बुटवल । पाल्पामा लुगा धुन र नुहाउन भनेर पँधेरोमा गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पदमा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र भैरहवाबाट कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान सुरु भएको बताए । हत्याको कारण खुल्न बाँकी रहे पनि जवरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार