चैत १७ गतेदेखि प्रथम तिलौराकोट गोल्डकप हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार ११:५३:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/Tilaurakot_1.jpg_cS4GCaBm6b_R8wWpUkkOW.jpg)
१४ चैत, कपिलवस्तु । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० चैत १७ गतेदेखि शुरू हुने भएको छ । बुद्ध रंगशालामा बुधबार पत्रकार सम्मेलन गर्दै 'स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद' भन्ने मुल नारासहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता चैत १७ देखि २४ सम्म सञ्चालन हुने जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिएका छन् ।
अध्यक्ष थापाका अनुसार प्रतियोगितामा 'ए' डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ। जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम-११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष थापाले जानकारी दिए ।
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार
अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार