बंगलादेशमा किन चल्दै छ ‘इन्डिया आउट’ को अभियान ?
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १२:१२:२२
१४ चैत, काठमाडौं । माल्दिभ्सपछि भारतको अर्को छिमेकी बंगलादेश पनि ‘इन्डिया आउट’ को आन्दोलनमा सामेल भएको छ । बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिइरहेको छ ।
हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई निर्वाचन अधिकारबाट वञ्चित गरेको र वर्तमान सरकारलाई अनुचित रूपमा समर्थन गरिरहेको आरोप लगाउदै ुइन्डिया आउटु को क्यापेन शुरु गरिएको छ ।
यस अघि माल्दिभ्समा पनि यसैगरी 'इन्डिया आउट' को नारा दिएर माल्दिभ्सका राजनीतिज्ञ डाक्टर मोहम्मद मुइज्जु सत्तामा आएका थिए।
भारतको समर्थनमा वर्तमान सरकारले सत्ता कब्जा गरेको छ र निर्दलीय तटस्थ निगरानीमा कुनै पनि निर्वाचन गराएको छैन । गत निर्वाचनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलहरुले निर्वाचन बहिष्कार गरेपनि प्रधानमन्त्री शेख हसिनाको पार्टीले चुनाव जितेर सरकार बनाएको थियो ।
यसमा भारतको सहयोग र समर्थन रहेको आम बुझाइ रहेको छ । तसर्थ बंगलादेशबाट भारतलाई पूर्ण रूपमा हटाउन नसकेसम्म बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकार फिर्ता नहुने उनीहरूको दाबी छ ।
लामो समयदेखि व्यक्तिगत स्तर र सामाजिक सञ्जालमा यो अभियान चलिरहेको भए पनि आज बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले औपचारिक रुपमा यो आन्दोलनमा सहभागी हुन थालेको छ ।
बिएनपीका वरिष्ठ सहमहासचिव अधिवक्ता रुहुल कबीर रिजवीले भारतीय उत्पादन बहिष्कारको औपचारिक शुभारम्भ आफ्नो भारतीय पाना जनतासामु फालेर औपचारिक रुपमा सुरु गरेका छन् ।
आज हालै नयाँपल्टनस्थित नेकपा केन्द्रीय कार्यालय अगाडि आफूसँग रहेको भारतीय उत्पादनको पाना फालेर यो अभियानमा सहभागी भएका थिए ।
रिजवीले भने, ‘इन्डिया आउट अभियान सामाजिक सञ्जाल सहित जताततै चर्चामा छ । भारतीय उत्पादन बहिष्कार गरेर जनताले विरोध गरिरहेका छन् । सामाजिक सञ्जालमा देखिने भारतीय उत्पादन बहिष्कारको लहरले देशको ठूलो जनसङ्ख्या भारतीय उत्पादन बहिष्कारको पक्षमा दृढ अडान लिएको देखिन्छ ।ु
बंगलादेश नेसनलिस्ट पार्टी(बीएनपी लगायत ६३ प्रजातन्त्र पक्षधर दलहरू जनताको पार्टीका रूपमा र कैयौ सामाजिक संजालका सेलिब्रेटीले यस अभियानलाई साथ दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार