मृत्यु भएका ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका : राष्ट्रसङ्घ
इन्द्र रिजाल
बैशाख १०, २०७६ बुधबार १:४८:५०
काठमाडौं । श्रीलङ्कामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भने, श्रीलङ्का आक्रमणमा मारिने करिब ३२० मध्ये ४५ जना बालबालिका रहेका अहिलेसम्मको तथ्याङ्क रहेको छ ।
यूनिसेफले श्रीलङ्काको नेगोम्बोस्थित सेन्ट सेवेस्टन चर्चमा प्रार्थनाका लागि पुगेका २७ जनाको मृत्यु भएको र १० जना घाइते भएको उल्लेख गरेको छ । देशका अन्य भागमा सोही दिन भएका विष्फोट, आक्रमण र भागदौडका क्रममा थप १८ जनाको मृत्यु भएको यूनिसेफले बताएको छ ।
पूर्वी शहर बाट्टिकालोआमा डेड बर्षे एक शिशुसहित १३ बालबालिकाले ज्यान गुमाएका पनि यूनिसेफको रिपोर्टमा उल्लेख छ ।
मारिनेमा ४० जना बालबालिका स्वदेशी रहेका र बाँकी पाँच जना विदेशी बालबालिका रहेका तथ्याङ्क यूनिसेफले दिएको छ ।
विश्वलाई त्रसित बनाएको उक्त आक्रमणमा अझै दर्जनौ बालबालिकाको गम्भीर घाइते अवस्थामा राजधानी कोलम्बोमा २० बालबालिकाको उपचार भैरहेको र यसमध्ये विभिन्न अस्पतालका चार जनालाई सघन उपचार कक्षमा राखी उपचार भैरहेको छ । उनीहरूमध्ये केहीको अवस्था खतरामुक्त अवस्थामा नरहेको अस्पतालले जानकारी दिएकोले मृतक बालबालिकाको सङ्ख्यामा थप केही वृद्धि हुनसक्ने यूनिसेफले जनाएको छ ।
घटनामा डेनमार्कका अर्बपति एन्डर्स होल्क पोवल्सनका चार सन्तानमध्ये तीनको पनि मृत्यु भएका तयारी पोसाकको खुद्रा विक्री समूह वेस्टसेलरका प्रवक्ताले जनाएका छन् ।
सरकारले श्रीलङ्काले स्लामिक समूह नेशनल तौहिद जमातलाई प्रमुख शङ्काको घेरामा राखी अनुसन्धान शुरू गरेको छ । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार