जीवन चलाउनेको कुरालाई आधार मानेर सीआईबी प्रमुख ज्ञवालीमाथि कारवाही चलाउन सकिन्नः आईजीपी
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १५:३१:३०
१४ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले जीवन चलाउनेले भनेकै आधारमा सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीमाथि कारवाही चलाउन नमिल्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हालका सीआईबी प्रमुख ज्ञवालीले आईजीपी बन्ने प्रतिस्पर्धामा दुई करोड मागेको भन्ने दाबी नपुग्ने बताए ।
उनले सुन तस्करी प्रकरणका फरार आरोपी जीवन चलाउनेले सञ्चारमाध्यममा सार्वजनिक गरेका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन नसकिने र चलाउने आफै अनुसन्धानमा रहेको बताए । चलाउनेले सुन प्रकरण अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गा दाहालले पनि ६० लाख रुपैयाँ मागेको तर, नपाएपछि आफूलाई प्रतिवादी बनाएको दाबी गरेका थिए ।
महानिरीक्षक कुँवरले यसमा आधार नभएको बताए । त्यसअघि उनले पोखराको सूर्यदर्शन सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको भन्दै सहकारी ठगीको मुख्य आरोपी नै जीबी भएको खुलेको बताएका थिए । समितिका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै कुँवरले प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् रेड नोटिस जारी हुँदा पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको बताए ।
सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम जोडिए पनि कुनै प्रमाण फेला नपरेको उनले स्पष्ट पारे । कुँवरले पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका गतिविधि शंकास्पद देखिएपछि पक्राउ गर्नुपरेको बताए ।
सांसदले उठाएका प्रश्नमा महानिरीक्षक कुँवरले महराले पीएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताए । माननीय कृष्णबहादुर महराको विषय छ । आयोगको सिफारिस अध्ययन गर्यौँ । उहाँको स्वास्थ्यका कारण लिवरल हुने नै भन्ने थियो । तर, हामीलाई आभास भयो कि पक्राउ गर्नुपर्ने हो कि भन्ने त्यसैले ल्याइएको हो,आईजीपी कुँवरले भने, पीएसओ र गाडी छोडेर हिँड्नुभएको अवस्था थियो । त्यसपछि पक्राउ आवश्यक देखियो ।
उनले अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए । अदालतले पनि अस्पतालमै राखेर मुद्दाको कारबाही अघि बढाउनु भनेको र हिरासतमा बस्दा बस्दै अर्को घटना नहोस् भनेर छाडिएको हो, कुँवरले भने, हामी दबाब र प्रभावमा परेको होइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार