पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार ११:४७:१९
१५ चैत, काठमाडौं । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबिया पहिलो पटक सहभागी हुने भएको छ । साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन् ।
रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन ९साउदी अरेबिया० जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन् । रुमीले सामाजिक सञ्जाल पोस्ट गर्दै मिस युनिभर्सिटीमा आफ्नो सहभागिताको घोषणा गरेकी हुन् ।
‘द न्यु अरब’ न्युजका अनुसार मिस वर्ल्डमा स्विमवेयरको इभेन्ट हुन्छ तर मिस युनिभर्समा यो कार्यक्रम हुँदैन ।
रुमी साउदी अरबको राजधानी रियादकी बासिन्दा हुन् । मोडल हुनुका साथै उनी सामाजिक सञ्जाल सेलिब्रेटी पनि हुन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । हालै उनले मिस एसियन प्रतियोगिता जितेकी थिइन् । ‘एमिरेट्स वुमन’ म्यागजिनको रिपोर्टका अनुसार रुमी आफैंले सामाजिक सञ्जालमा मिस युनिभर्समा सहभागी भएको बताएकी छन् । यससँगै उनले आफ्नो पछिल्लो तस्विर पनि सेयर गरेकी छन् । उनको नजिकै साउदी अरबको राष्ट्रिय झण्डा पनि देखिन्छ ।
क्याप्सनमा रुमीले लेखेका छन्– ‘मिस युनिभर्सिटी २०२४ मा सहभागी हुन जानु मेरो लागि गर्वको कुरा हो । मिस युनिभर्स प्रतियोगितामा भाग लिने पहिलो साउदी महिला हुन पाउँदा खुसी लागेको छ ।ु
मिस युनिभर्स सौन्दर्य प्रतियोगिता पहिलो पटक सन् १९५२ मा भएको थियो । सौन्दर्य प्रतियोगितामा लेबनान, बहराइन जस्ता अरब देशका युवतीहरु सहभागी हुँदै आएका छन् । तर, साउदी अरेबियाबाट भने पहिलो पटक सहभागिता हुन लागेको छ ।
मिस युनिभर्स प्रतियोगितामा पौडी खेल्ने पहिरन लगाउन आवश्यक पर्दैन भने मिस युनिभर्समा परम्परागत पहिरन कार्यक्रम पनि हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार