पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार ११:४८:३७
१५ चैत, काठमाडौं । पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो ।
नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अनुसार यो डाटा पहिले दुबईमा पठाइएको थियो । त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो । यस विषयमा सरकार भने मौन छ ।
‘जियो न्युज’ले गृह मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । यो घटना बाहिर आएपछि मन्त्रालयले संयुक्त अनुसन्धान टोली गठन गरेको थियो । यसमा संघीय अनुसन्धान एजेन्सी ९एफआईए० र गृह मन्त्रालयका अधिकारीहरू सामेल थिए। यो टोलीको नेतृत्व सैयद वकारुद्दिनले गरेका थिए ।
रिपोर्टका अनुसार डाटा चोरीको यो खेल २०१९ मा सुरु भयो र २०२३ को अन्त्यसम्म जारी रह्यो। यस अवधिमा करिब २७ लाख पाकिस्तानी नागरिकको डाटा चोरी भएको थियो । नाद्रा अधिकारीहरूको सहयोग बिना यो काम सम्भव थिएन । प्रतिवेदनमा नाड्राले आफ्नो केही काम आउटसोर्स गरेको हुनाले अन्य कुनै कम्पनीले यो डाटा बेचेको हुनसक्ने आशंका पनि उठाइएको छ ।
टोलीले यस विषयमा विस्तृत प्रतिवेदन तयार पारेको छ । धेरै जसो गोप्य राखिएको छ। प्राधिकरणले आगामी दिनमा केही अधिकारीलाई सोधपुछका लागि बोलाउन सक्ने बताइएको छ ।
अनुसन्धान एजेन्सीको रिपोर्ट अनुसार जसको व्यक्तिगत डाटा चोरी भएको छ, तीमध्ये अधिकांश मुल्तान, कराँची र पेशावरका छन् । यदि यति ठूलो मात्रामा डाटा चोरी भइरहेको थियो भने वरिष्ठ अधिकारीहरू के गर्दै थिए रु यो तथ्यांक अपराध वा आतंकवादका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा के उनीहरूले कुनै पनि तहमा बुझेका थिएनन् रु
यो तथ्यांकको मनी ट्रेल प्रष्ट रहेको प्रतिवेदनमा स्पष्ट गरिएको छ । तीन शहरबाट चोरी भएको डाटा पहिले दुबई पठाइएको थियो। त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो ।
रिपोर्टका अनुसार यो कुरा पहिलो पटक मार्च २०२३ मा रिपोर्ट गरिएको थियो । त्यसपछि गृह मन्त्रालयले यस विषयमा छानबिन थालेको हो । पछि केही तथ्य बाहिर आएपछि यसका लागि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो ।
जियो न्यूजका अनुसार जसको डाटा लीक भएको छ त्यसमा सेना र आईएसआईका अफिसर पनि परेका छन् । त्यसैले यो विषय निकै संवेदनशील बन्दै गएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार