ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १३:१०:१६
१५ चैत, काठमाडौं । श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहीबार बिहान धनगढीबाट काठमाडौं आएको जहाज मौसम खराब भएपछि त्रिभुवन विमानस्थलमा बस्न सकेन । करिब अढाई घण्टा आकाशमा घुमाएर जहाजलाई भैरहवा विमानस्थल लगेर अवतरण गरियो ।
धनगढीबाट ७७ जना यात्रु लिएर काठमाडौं हिँडेको जहाज भैरहवामा सकुशल अवतरण गरि पुनः काठमाडौं पठाइएको श्री एयरलाइन्सले जनाएको छ । जहाज बिहीबार बिहान ७ बजेर २२ मिनेट जाँदा धनगढीबाट उडेको थियो ।
काठमाडौँको मौसम खराब हुँदा जहाज आकाशमै झण्डै अढाई घण्टा होल्ड भएको थियो । काठमाडौं आइपुगेको जहाज आकाशबाटै फर्काएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो । जहाजमा २ बालबालिकासहित ७७ जना यात्रु सवार थिए । भैरहवाबाट जहाज काठमाडौ आएर सकुसल अवतरण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार