एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १४:३२:५५
१५ चैत, गण्डकी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा 'एसइई'मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् ।
प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट दुई हजार २८, म्याग्दीबाट एक हजार नौ सय ३८, मुस्ताङबाट एक सय ८८ र स्याङ्जाबाट चार हजार एक सय २४ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
यसैगरी गोरखाका तीन हजार छ सय ६२, लमजुङका दुई हजार छ सय ७९, तनहुँका पाँच हजार चार सय ६२ र नवलपुरका छ हजार एक सय ६५ परीक्षार्थी सहभागी रहेका निर्देशनालयका अधिकृत खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षा सञ्चालनका लागि दुई सय १४ परीक्षा केन्द्र कायम गरिएको छ ।
प्रदेशभरबाट सामुदायिक र संस्थागत गरी कुल एक हजार तीन सय ३२ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएका पौडेलले जानकारी दिए। उनका अनुसार कुल परीक्षार्थीमध्ये नियमिततर्फका ३९ हजार ४२, प्राविधिक धारका एक हजार तीन सय ९० र ग्रेडवृद्धितर्फका चार सय ८६ रहेका छन् ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन दुई सय १४ केन्द्राध्यक्ष, तीन सय ७२ सहायक केन्द्राध्यक्ष, दुई हजार एक सय ४४ निरीक्षक, पाँच सय १८ परीक्षा सहायकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार