देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १५:१३:४९
१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा अर्को राजनीतिक उथलपुथल आउन सक्ने संकेत गरेका छन् । आफूले अथक प्रयास गर्दा पनि असफल बनाउने दिशातिर सबै संयन्त्रहरु लागेको भन्दै उनले अर्को उथलपुथल आउन सक्ने बताएका छन् । उनले यो सत्ता समीकरणबाट पनि सन्तुष्ट हुन नसकेको तर्फ संकेत गरेका हुन् ।
बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै नयाँ समीकरण बनेपछि पनि काम गर्न नसके पद ओगटेर बस्ने मनस्थितिमा आफू नरहेको प्रधानमन्त्री प्रचण्डले बताए । सुशासन र विकासको काम अझै अगाडि बढाउन नसकेको भन्दै आफूले अर्को उथलपुथल गर्न सक्ने परिस्थिति बलियो बन्दै गएको बताए ।
सुशासन कायम गरेर विकासलाई गति दिने काम हुन नसकेको उनले बताए । अहिले समीकरण चेन्ज भएको छ, साँच्चै भन्छु, कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । मैले कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन । मैले जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन । पद त मेरो पहिले सुरक्षित थियो, उनले भने ।
उनले कर्मचारी संयन्त्रमा खोट रहेको बताए । अनुगमन तथा मूल्याङ्कनलाई थप वस्तुनिष्ठ, प्रभावकारी, नतिजामूलक बनाउन नसकिएको उनको भनाइ छ । प्रधानमन्त्रीले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसअनुसार गर्न निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार