कहिल्यै नथाक्ने ऊर्जाशील युवा नेता: कर्णाली संगठन सुदृढ यात्रा, सल्यानको कपुरकोटदेखि हुम्लाको सिमीकोटसम्म
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १५:३८:४
![](https://nepalbahas.prixacdn.net/media/albums/bhupendra_1_AQgbKxNaYP_4CX8ATK9n2.png)
१५ चैत, सुर्खेत । राजनीतिमा आजकल धेरै दुःख गर्ने र संघर्ष गर्ने भन्दा पनि चर्का गफ गर्ने, सामाजिक सञ्जालमा मात्रै सक्रिय हुने, मुख्य नेतृत्वलाई खुशी पारेर पद हत्याउने र नेता हुने प्रवृत्ति देखिन थालेको छ । राजधानीमा बस्ने र यताउति कुराकानी मिलाएर मात्रै नेता हुने प्रवृत्तिको ठीक विपरीत नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही भने सधैं सक्रिय हुने, केही न केही गरिरहने, विभिन्न अभियान चलाइरहने, संगठनको काममा हिँडिरहने एकदमै गतिशील, क्रियाशील र ऊर्जाशील युवा नेताको रुपमा स्थापित हुँदै गइरहेका छन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदा किताब लेख्ने, नेविसंघको गीत लेख्ने, भेला गोष्ठी गरिराख्ने शाही तरुण दलको महामन्त्री हुँदा पनि देशैभरि प्रशिक्षण अभियान चलाएर मेची–महाकाली पुगेका थिए ।
शाही आफ्नो गृह जिल्ला कालिकोट पुग्दा पनि केही न केही कार्यक्रम गरेर पार्टीलाई चलायमान बनाइ राख्छन् । उनी राजनीतिसँगै साहित्य, सामाजिक सेवालगायत अन्य गतिविधिमा पनि सक्रिय देखिन्छन् । उनले केही महिना अगाडि मात्रै देशैभरिका युवाहरूको सहभागितामा युवा विचार सम्मेलन, उद्यमशीलताको विकासको लागि उद्यमशील युवा सिर्जनशील युवा सम्मेलन, वृहत् युवा भेला, तीज विशेष कार्यक्रम, दशैँमा शुभकामना कार्यक्रमलगायत महत्वपूर्ण कार्यक्रमहरू सम्पन्न गरेका थिए । तराईमा बाढी आउँदा होस् कि पहाडमा पहिरो जाँदा होस् सहयोग बोकेर पीडितको आँगनमा पुगिहाल्ने युवा नेता शाही कोरोना महामारीको बेलामा पनि १० हजार बढीलाई निःशुल्क भोजन व्यवस्थापन गरेर मेलम्चीका बाढीपीडितलाई झण्डै २५ लाख बराबरको सहयोग गर्न पुगेका थिए । अस्ति भर्खरै जाजरकोटमा भुकम्प जाँदा पनि तत्काल राहत बोकेर पीडितको घाउमा मलम लगाउन शाही सक्रिय भएका थिए ।
कहिल्यै नथाक्ने, चुप लागेर त्यत्तिकै नबस्ने र केही न केही गरिराख्ने नेताको परिचय बनाएका शाही यहीँ वर्ष नेपाली कांग्रेस रुपान्तरण अभियानमा पश्चिम धनगढीदेखि पूर्व ताप्लेजुङसम्म पनि पुगेका थिए । अहिले उनी पुनः कर्णाली प्रदेशमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्रामा निस्किएका छन् । ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ नाम दिएर नेता शाही सल्यानको कपुरकोटदेखि हुम्लाको सिमीकोटसम्मको राजनीतिक यात्रामा हिँडिरहेका छन् ।
सुगम जिल्लाका चिल्ला सडकमा हिँड्नु र नाम मात्रका कच्ची सडकमा हिँड्नु धेरै भिन्नता छ । कर्णालीको कठिन भुगोल, पहाडी र हिमाली विकट वस्ती र गाउँ गाउँमा अप्ठ्यारो बाटोको चुनौतीपूर्ण यात्रामा उनी पार्टी संगठनको चिन्ता र चासोले खटिइरहेका छन् । आम चुनाव र पार्टीका आन्तरिक अधिवेशनमा मात्रै देखिने नेताहरु अहिले कुनै पनि चुनाव र अधिवेशन नभएको बेला विना स्वार्थ यसरी जिल्ला-जिल्ला गाउँ-गाउँ पुग्दा नेपाली कांग्रेसका स्थानीय नेताहरु पनि निकै हर्षित र उत्साहित भएका छन् ।
यसै क्रममा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीलाई सल्यान कपुरकोटदेखि हुम्ला सिमीकोटसम्मको यात्रामा विभिन्न जिल्लामा भव्य स्वागत समेत गरिएको छ । नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखि हुम्ला सिमीकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई सल्यान, रुकुम, डोल्पा, जाजरकोट, दैलेख पुग्दा त्यहाँका पार्टी सभापति, पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला र स्थानीय तह लगायतका कांग्रेस नेता तथा कार्यकर्ताहरूले भव्य रुपमा स्वागत गरेका हुन् ।
यहीँ चैत्र २ गतेबाट सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात गरेका नेता शाहीले कांग्रेसको गौरवशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यो यात्रा केन्द्रीत रहेको बताए । उनले भने, "अब नेपाली कांग्रेसले सत्ता केन्द्रीत होइन कि जनता केन्द्रीत भएर काम गर्नु पर्छ । नेपाली कांग्रेसको अर्जुन दृष्टिमा कुर्सी होइन कि नागरिक हुनु पर्छ। जनताको जीवनशैली परिवर्तन गर्ने गरि आम नागरिकको जीवनयापनलाई सहज तुल्याउने गरि काम गर्नु पर्छ। सर्वसाधारणको निन्याउरो अनुहारमा अलिकति भएपनि खुशी ल्याउने गरि नेपाली कांग्रेसले अब कदम चाल्नु पर्छ ।"
संगठन सुदृढ यात्रामा नेता शाही, नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर बिष्ट, कुशे गाउँपालिकाकी उपाध्यक्ष देवीका सिंह, चुर्नबहादुर केसी, मनराज शाही लगायतको टोलीले कर्णालीका विभिन्न स्थानीय तहसम्म पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सल्यान, रुकुम पश्चिम, डोल्पा, जाजरकोट हुँदै दैलेख पुगेका कांग्रेस नेता शाहीले कर्णालीको समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेश र मुलुकमा कांग्रेसकै सरकार निर्माण गर्ने गरी जनमत निर्माण गर्न जरुरी रहेको बताए ।
उनले भने, "अब अरूको वैशाखी टेकेर होइन, आफ्नै बलमा सरकार बनाउने ताकत निर्माण गर्नु पर्छ । अब धोकेबाज माओवादीसँग गठबन्धन गर्ने होइन कि आफ्नै पार्टी भित्र मनको बन्धन बलियो बनाउनु पर्छ ।" यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखि युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरूसँग गरिएको भेटघाट, अन्तरक्रिया मार्फत पार्टीमा नयाँ उर्जा र भरोसा थपिएको उनले बताए ।
उनले भने, ‘यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ । प्राय सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाउँ केन्द्रीत हुन्छन् । अधिवेशन सकिए पछि पार्टीमा निष्क्रियता र शिथिलता छाउँछ तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो पनि केही कर्तव्य र दायित्व बोध गरी पार्टीलाई चलायमान बनाउन संगठन सुदृढ यात्रा थालेको हुँ । यो यात्रा कुनै समूहमा केन्द्रीत होइन, सिंगो पार्टी र आम नागरिकहरूलाई कांग्रेस प्रतिको आशा देखाउनु पनि हो । नेता शाहीले भने अहिले गुटबन्दी गर्ने बेला होइन, कांग्रेसका विरुद्ध घेराबन्दी भएकाले सबै कांग्रेस एकजुट भएर प्रतिवाद गर्नु पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा एक वर्षभित्र १ सय १२ जनाले गुमाए ज्यान, २ हजार ७७ घाइते
साउन १०, २०८१ बिहिबार
कर्णालीमा नेकपामा माओवादी मन्त्रीहरुले दिए राजीनामा
साउन ७, २०८१ सोमबार
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
साउन ४, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
पेरिस ओलम्पिक: नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
साउन १२, २०८१ शनिबार
रेलको लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा
साउन १२, २०८१ शनिबार
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
साउन १२, २०८१ शनिबार
विद्युत् बक्यौता नतिर्ने एक हजार ग्राहकको लाइन काटियो
साउन १२, २०८१ शनिबार
इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी
साउन १२, २०८१ शनिबार