नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १७:४७:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/rajeshbabu_xGqVkZMXUN_1Q7asf8hkT.webp)
१३ चैत, काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतानिक वाणिज्यदूतको संख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनित गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतानिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ ।
परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा ६० देशका अवैतानिक वाणिज्यदूत रहेका छन् । त्यस्तै विभिन्न ३९ देशका ६० स्थानमा नेपालका अवैतानिक वाणिज्यदूत छन् । द्विपक्षीय सम्बन्ध मजदुत बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतानिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ ।
मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईका अनुसार अवैतनिक वाणिज्यदूत भन्नाले कुनै किसिमको पारिश्रमिक नपाउने गरी नियुक्ति हुने वाणिज्यदूत तथा महावाणिज्यदूत हो । अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ अनुसार अवैतानिक वाणिज्यदूत नियुक्ति गर्ने गरिएको छ ।
नेपाल सरकारले नियमावली बमोजिम योग्यता पुगेको व्यक्तिलाई राजदूतको सिफारिसमा अवैतानिक वाणिज्यदूत नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । अवैतनिक वाणिज्यदूतमा नियुक्ति हुने व्यक्तिको योग्यता ३५ वर्ष उमेर पूरा भएको, कुनै व्यापार, व्यवसाय वा पेशामा संलग्न रही स्वीकार गर्ने राज्यमा ख्याति प्राप्त व्यक्तिको हैसियत भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने नियमावलीमा उल्लेख छ ।
त्यस्तै नेपालप्रति सद्भाव भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पक्षहरुबारे यथेष्ट जानकारी भएको योग्यता हुनुपर्ने प्रवक्ता राईले जानकारी दिए । अवैतानिक वाणिज्यदूत हुन तोकिएको कन्सुलर कार्य क्षेत्रमा वर्षमा कम्तीमा छ महिना बसोबास गर्न सक्ने, आफ्नै खर्चमा कार्यालय स्थापना र सञ्चालन गर्ने इच्छा र क्षमता भएको व्यक्ति हुनुपर्ने छ ।
नियमावली बमोजिम मित्रराष्ट्रहरुमा नेपालको लागि अवैतनिक वाणिज्यदूत नियुक्ति गर्नका लागि सिफारिस भएको व्यक्तिको सम्बन्धमा मन्त्रालयले नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) लिनुपर्छ । अवैतनिक वाणिज्यदूतको कार्य अवधि चार वर्षको हुनेछ । तर अवैतनिक वाणिज्यदूतले सन्तोषप्रद काम गरेको छैन भनी राजदूतको सिफारिस प्राप्त भएमा र त्यस्तो वाणिज्यदूतलाई चार वर्षको अवधि पूरा नहुँदै पनि जुनसुकै बखत नेपाल सरकारले हटाउन सक्ने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराम्रो कर्म गरे, राम्रै फल पाइन्छ : नवनियुक्त मुख्यसचिव
साउन १०, २०८१ बिहिबार
काभ्रेमा झुटो विवरण पेस गरी नागरिकता लिएका २६ नागरिकविरुद्ध मुद्दा दर्ता
साउन १०, २०८१ बिहिबार
सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
साउन १२, २०८१ शनिबार
रेलको लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा
साउन १२, २०८१ शनिबार
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
साउन १२, २०८१ शनिबार
विद्युत् बक्यौता नतिर्ने एक हजार ग्राहकको लाइन काटियो
साउन १२, २०८१ शनिबार
इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी
साउन १२, २०८१ शनिबार
गण्डकीमा १२ दिन मात्रै बस्न थाले विदेशी पर्यटक
साउन १२, २०८१ शनिबार