पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार ११:२२:३६
१६ चैत, गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य संघको भ्रमण गरेको छ ।
पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाई भेटेर आपसी सहकार्य र साझेदारीमा जोड दिएको हो । भ्रमण पूरा गरेर सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको टोली बुधबार फर्केको हो ।
जिल्लामा भएका छलफलमा तीनवटै तहका सरकारसँग निरन्तर समन्वय एवं साझेदारी गर्दै उत्पादकत्व वृद्धि, आर्थिक विकास एवं लगानी सुरक्षा तथा प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त भएको अध्यक्ष प्रजापतिले राससलाई बताए । लगानीको वातावरण बन्दै गएको र त्यसलाई अझ विश्वसनीय बनाउन सरकारीस्तरबाट सक्दो सहयोग हुनुपर्नेमा उद्यमी–व्यवसायीले जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार