उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
![यज्ञप्रसाद भट्टराई](
https://nepalbahas.prixacdn.net/media/albums/yagya_Bhattarai_2v6w3d0oyr.jpg
)
यज्ञप्रसाद भट्टराई
चैत १६, २०८० शुक्रबार १२:४२:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/9b26f366-35d3-4306-80bc-fbeb12238d6b_oZfKE3OGwx_z4KhiGGI7x.jpg)
१६ चैत, इलाम । नेपाल किसान महासंघको केन्द्रीय समितिको बैठक इलाम सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । चैत्र १५ गते सम्पन्न महासंघको केन्द्रीय समितिको बैठकले विभिन्न विषयहरुमा छलफल गरि निर्णय गरेको महासंघका केन्द्रीय प्रवक्ता रमेश बहादुर रावलले नेपालबहसलाई बताएका छन् ।
इलाम जिल्लाको क्षेत्र नं. २ मा नयाँ बर्षको आगमनसँगै उपनिर्वाचन हुँदैछ । यही आउँदो वैशाख १५ गते सम्पन्न हुन गइरहेको उप निर्वाचनमा नेपाली कांग्रेसले उठाउने उम्मेदवारलाई विजय गराउन, इलाममा किसान महासंघको संगठन बिस्तार गर्न र महासंघको कोशी प्रदेशको अधिवेशन सम्पन्न गराउन केन्द्रीय समितिको बैठक कोशी प्रदेशको सुन्दर नगरी इलाममा आयोजना गरेको महासंघले जनाएको छ ।
नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा र नेपाली कांग्रेसका इलाम जिल्ला उपसभापति तथा कार्यवाहक सभापति खगेन्द्र देवानको प्रमुख आथित्यतामा सम्पन्न बैठकमा विशिष्ट अतिथि नेपाल किसान महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान सल्लाहकार समितिका अध्यक्ष भानु सिग्देल रहनु भएको प्रवक्ता रावलले बताएका छन् ।
महासंघको केन्द्रीय समितिको बैठकमा महासंघ कोशी प्रदेशको तर्फबाट नेपाल किसान महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष नविनकुमार चौधरीले कोशी प्रदेशको तर्फबाट तयार पारिएको प्रगति प्रतिवेदन तथा भावी रणनीति पढेर केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनालाई हस्तान्तरण गरिएको कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले बताएका छन् ।
बैठकमा महासंघ कर्णाली प्रदेश अध्यक्ष नरसिंह मल्लले कर्णाली र इलामका किसानलाई जोडेर प्रविधि र पहुँचमा समानता ल्याउन, किसानसँग कांग्रेस र कांग्रेससँग किसान कार्यक्रम चलाउनुपर्ने धारणा राखेका थिए । त्यसैगरी महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले नेपाल किसान महासंघ कोशी प्रदेश गठन भएपश्चातका उपलब्धिहरू,जिल्ला समिति गठन, संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न भैरहेका प्रगतिहरुका बारेमा जानकारी गराएका थिए । त्यसैगरी महासंघ मधेस प्रदेश अध्यक्ष शन्तलाल शाहले पार्टी भित्र रहेका गुट, उपगुटहरुले पार्टी कमजोर बन्ने भएकोले पार्टी भित्रको गुट, उपगुट समाप्त पार्न नेपाल किसान महासंघ सक्षम हुनुपर्ने विश्वास व्यक्त गरेका थिए ।
महासंघका विभिन्न विभागहरुले बैठकमा आफ्ना विभागले गरेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए भने विशिष्ट अतिथि पूर्व केन्द्रीय अध्यक्ष भानु सिग्देलले आफ्नो कार्यकालमा किसान महासंघले किसानको पक्षमा खेलेको भुमिकाको विषयमा चर्चा गरेका थिए ।
बैठकमा प्रमुख अतिथि रहनु भएका नेपाली कांग्रेस इलाम जिल्ला उपसभापति तथा कार्यवाहक सभापति खगेन्द्र देवानले निर्वाचनको मुखमा इलाम आएर नेपाल किसान महासंघ केन्द्रीय कार्यसमिति र कोशी प्रदेश समितिले बैठक राखेर जुन हौसला प्रदान गरेको छ यसले वैशाख १५ गते सम्पन्न हुन गइरहेको इलाम क्षेत्र नं. २ को निर्वाचनलाई प्रत्यक्ष र परोक्ष दुबै तर्फबाट सहयोग पुग्ने धारणा राख्दै इलाम जिल्लामा किसान महासंघसँग कांग्रेस सँगसँगै अगाडि बढिरहेको बताएका थिए । केन्द्रीय समितिको बैठकमा कोशी प्रदेशका पदाधिकारीहरूलाई पनि आमन्त्रण गरिएको थियो ।
बैठकको अध्यक्षको तर्फबाट समापन वक्तव्य राख्दै नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले हाम्रो अहिलेको एकमात्र उद्देश्य इलाम २ नं. क्षेत्रको उपनिर्वाचन जसरी पनि जित्नुपर्ने भएकोले महासंघको सिङ्गो केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र पालिका स्तरसम्मका समितिहरुलाई प्रचारप्रसार समिति गठन गरेर पार्टीले उठाउने उम्मेदवारलाई विजय गराउन लागि पर्न निर्देशन समेत दिएका थिए । अध्यक्ष तिमिल्सिनाले महासंघको महाधिवेशन यथाशक्य चाँडो सम्पन्न गर्न कोशी प्रदेश सहित सातै प्रदेशका अध्यक्षहरूलाई निर्देश समेत दिएका थिए । बैठकमा विभिन्न ५ वटा एजेन्डामा छलफल गरि निर्णय गरिएको महासंघका केन्द्रीय प्रवक्ता आर. बि. रावले बताएका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन कायमै राखेर कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा
साउन ११, २०८१ शुक्रबार
कोशी सरकारबाट बाहिरिन लाग्यो माओवादी, आज मन्त्रीले राजीनामा दिने
साउन ११, २०८१ शुक्रबार
प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने कोशी मन्त्रिपरिषदको निर्णय
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
यस वर्षको मौद्रिक नीति पारित, घरजग्गा र शेयरबजार नीति लचिलो हुनेमा आशावादी
साउन ११, २०८१ शुक्रबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार
पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एशिया कपको फाइनलमा
साउन १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन १२, २०८१ शनिबार
आज यी चार प्रदेशमा भारी वर्षा हुने
साउन १२, २०८१ शनिबार