हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १३:१६:५
१५ चैत, सिन्धुपाल्चोक । जिल्लाको उच्च लेकाली भेग हेलम्बुमा ‘हाइअल्टिच्युड भलिबल’ प्रतियोगिता हुने भएको छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको हो । सो खेल हेलम्बुको पर्यटकीयस्थल सेर्माथाङमा हुनेछ ।
खेल पर्यटन प्रवद्र्धन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । प्रतियोगिता २०८० साल चैत २३ देखि ३० गतेसम्म हुनेछ । पुरुषतर्फको प्रतियोगिता चैत २३ देखि २६ गतेसम्म चल्नेछ । यसैगरी चैत २७ देखि ३० गतेसम्म महिलातर्फ भलिबल प्रतियोगिता हुने पालिकाले जनाएको छ ।
खेलमा प्रथम हुने महिला तथा पुरुषको टोलीले रु तीन लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी, द्वितीय पुरस्कार रु एक लाख ५० हजार र तृतीय पुरस्कार रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार