पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १५:१३:३
१६ चैत, काठमाडाैं । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यदि एक दिन पृथ्वीबाट रक्सी अचानक गायब भयो भने के हुन्छ? यसबाट के राम्रो वा नराम्रो परिणाम देखिने छ?
यो सत्य हो कि रक्सी मानव इतिहासमा हजारौं वर्षदेखि रहेको छ। मदिराको इतिहास हजारौं वर्ष पुरानो हो । यो कृषिको इतिहास र सभ्यतासँग पनि सम्बन्धित छ। यो सारा संसारको मनपर्ने पेय हो।
सन् २०१८ मा, १५ वर्ष वा सोभन्दा माथिका मानिसहरूले विश्वभर औसत ६.२ लिटर मदिरा पिए। के तपाईंले कहिल्यै सोच्नुभएको छ यदि रक्सी पृथ्वीबाट पूर्ण रूपमा लोप भयो भने के हुन्छ?
विज्ञापन
अत्याधिक रक्सी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरामा कुनै शंका छैन । केही समयअघि विश्व स्वास्थ्य संगठनले पनि मदिरा सेवन स्वास्थ्यका लागि राम्रो नभएको भन्दै चेतावनी दिएको थियो । तर, चिसो मुलुकमा स्वास्थ्यसँग सम्बन्धित कतिपय अवस्थामा यसको सीमित सेवन स्वास्थ्यका लागि आवश्यक मानिन्छ । तर, तथ्य के हो भने संसारका ६१.७ प्रतिशत मानिसले मदिरा सेवन गर्दैनन्, त्यसबाट टाढै रहन्छन् ।
हाम्रो शरीरमा प्रवेश गर्ने रक्सीले मानव व्यवहारमा पक्कै प्रभाव पार्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा हरेक वर्ष करिब ३० लाख रक्सीका कारण मृत्यु हुने गरेको छ । यो वार्षिक मृत्युको ५.३ प्रतिशत हो।
यसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने र दुर्घटनाको सिकार हुनेहरू र रक्सी पिएर हिंसा गर्ने र ज्यान गुमाउनेहरू पनि पर्छन्। यससँग सम्बन्धित रोगहरू सबैभन्दा ठूलो कारण हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
के पुरुष र महिलामा हृदयघातका लक्षणहरू फरक हुन्छन् ?
पुष २, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार