देउवाको बालुवाटार छलफल र गगन थापाको संवाद यात्राले कांग्रेसले कस्तो शक्ति आर्जन गर्ला ?
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
चैत १७, २०८० शनिबार ८:३५:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/bhes_raj_hu16BYMLx9_Q2yuV7TiMk.png)
१७ चैत, काठमाडौं । भर्खरै कांग्रेस गठबन्धन टुटेर सत्ताबाट बाहिर आएको छ । एमाले, माओवादी केन्द्र र ती दलसँग नजिक अरु तीन दलसहितको गठबन्धनले उनै पुष्पकमल दाहाल "प्रचण्ड"को नेतृत्वमा सरकार बनाएको छ । उनीहरुको मन्त्रालयको भागबन्डा सकिएर मन्त्रीहरू बनिसकेका छन् । अब प्रदेशको भागबन्डा हुन बाँकी छ । अहिले प्रायः सबै मन्त्रीहरू कर्मचारीको समूहलाई पहिलेका हटाउने र नयाँ ल्यान तँछाडमछाडमा गर्दैछन् । विशेष नयाँ सोच र स्वरुप दिने योजना भन्दै कर्मचारीलाई यसो गर, उसो गर, यो समयसम्म यति काम सक्नै पर्छ भन्दै आदेश दिँदैछन् । सरकारको उपलब्धि के हुने हो त्यो हेर्न भने केही समय कुर्नै पर्नेछ ।
यता कांग्रेसका सभापति शेरबहादुर देउवा भने बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटक, पटक बैठक गरिरहेका छन् । यसको प्राप्ति के होला ? केपी ओलीको सरकारका बेला यस्तै भेटघाटबाट संवैधानिक क्षेत्रदेखि विभिन्न विभागमा हुने नियुक्तिमा भाग खोज्दा सरकारबाट भएका गम्भीर खालका कमजोरी तथा भ्रष्टाचारमा पनि कांग्रेसले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेको थिएन ।
अहिले पनि पटक, पटकको भेट गर्दै देउवाले त्यस्तै लालसामा भुलेर कांग्रेसलाई नाम मात्रको प्रतिपक्षीको अवस्थामा पुर्याउने त होइनन् ? शंका उत्पन्न गराएको छ । यही समयमा कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो संवादयात्रा थालेका छन् । यसले कांग्रेसलाई जनस्तरमा नयाँ विषयमा छलफल, बहस तथा विश्लेषणबाट सशक्त बनाएर लैजाला कि पुरानै कुरालाई दोहोर्याउँदै हिँडिएला ? वा आफ्नो भविष्य खोज्न मात्रै समय काटिएला ?
दलहरू सरकारमा जानु वा बाहिर बस्नुमा साँच्चै राजनीतिमा खासै फरक पर्दैन, फरक केमा पर्छ भने सत्ताको स्रोतसाधनको उपयोग, दुरुपयोग, कर्मचारी यता, उता गरेर लिने अवैध फाइदा तथा विभिन्न क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय दलालीका माध्यमबाट कमाउने कुरामा भने ठूलो फरक पर्छ । अझ कांग्रेस र कम्युनिष्ट दलहरू उस्तै हैसियतमा रहेका तथा कहिले कुन दल कांग्रेससँग नजिक हुने कहिले टाढा हुने अवस्थामा सरकार फेरबदल भई नै रहने भयो । यस्तो अवस्थामा कांग्रेसजस्तो प्रजातान्त्रिक दलले जनताको शक्तिलाई उपयोग गरेर सरकारका कमजोरी कहाँ, कहाँ छन् ? कुन, कुन ठाउँमा अनियमितता भइरहेका छन् र हुनसक्ने अवस्था छ ? भन्ने कुरा बाहिर ल्याउने अवसर हो । केमा भ्रष्टाचार हुँदैछ र हुन सक्ने सम्भावना छ ? भन्ने कुरा जनतासँग मिलेर बाहिर ल्याउने तथा उनीहरूकै सहयोगमा विरोध गरेर रोक्न सक्ने हो भने प्रजातान्त्रिक संस्कार बलियो बन्न जानेछ भने कांग्रेसको जनमतमा पनि सुधार हुनेछ । होइन जुनसुकै प्रधानमन्त्री आए पनि शीर्ष नेतृत्वले सुटुक्क बालुवाटार पसेर सरकारी नियुक्तिमा र्याल चुहाउने हो भने यी कुरा सम्भवै छैनन् । आगामी चुनाव कांग्रेसले एक्लै लड्ने हो भने र्याल चुहाउन बन्द गर्नुपर्छ । पार्टीले दह्रो नीति दिन नसक्ने, बनिहालेको नीति पनि कार्यान्वयन हुन्छ भन्नेमा जनतालाई ढुक्क बनाउन नसक्ने अवस्थामा कांग्रेस जनताको आकर्षणको दल रहनेछैन ।
गगन थापाको संवाद यात्रा आफैंमा कांग्रेसलाई ऊर्जा दिन सहायक हुन सक्छ । उनको संवाद यात्रामा यो सरकार छिटै ढल्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने भाष्य अगाडि आएकाले यसले पनि जनतामा कांग्रेसप्रतिको आकर्षण बढाउन कठिन छ । आमजनतालाई सरकार कसको बन्छ भन्ने कुराले खासै फरक पार्दैन, उनीहरुलाई कुन दलले साथ दिन्छ र भ्रष्टाचार तथा अनियमितता बाहिर ल्याएर कारबाही गर्न दबाब दिन्छ भन्ने कुराले तान्ने देखिएको छ । यसले निरन्तर रुपमा निराशा बढिरहेको अवस्थामा थोरै भए पनि आशा जगाउन उत्सर्जनको काम गर्न सक्छ ।
जिम्मेवार दलले जनतासँग संवाद गर्दा युवाहरूको शिक्षा र उनीहरुको विदेश पलायन किन बढिरहेको छ भन्ने कुराको खोजी हुनु जरुरी छ । अहिले शहरको जमिनको मूल्य कति हो कति बढ्ने, ग्रामीण क्षेत्रको मूल्य नै नहुने अवस्था किन आयो ? भन्ने कुरा छलफल हुन सक्छ । यो अवस्था आउँदा मध्यम वर्गसम्मका युवाले नेपालमा काम गरेर शहरोन्मुख क्षेत्रमा कुनै पनि अवस्थाको बास बनाउन नसक्ने अवस्थाले आर्थिक अस्तित्व खोज्न विदेश जानैपर्ने बाध्यता सिर्जना गरेको छ । देशको गलत आर्थिक नीतिले असमानता बनाइरहेको छ । अहिलेसम्मको आर्थिक प्रारुपको परिणाम नै यो हो । यसको समीक्षा संवाद यात्रामा हुनु जरुरी छ । कांग्रेसले अब पनि यस्ता कुरालाई बेवास्ता गर्ने हो भने केमा गम्भीर छ भनेर मान्ने ?
अहिले प्रदेशलाई त दलका शीर्ष नेताहरूले आफ्नो शक्ति घट्छ भन्ने डरले केन्द्रको एउटा प्रशासनिक अंग मात्र बनाउन चाहेको देखिएको छ । स्थानीय तहमा भने केन्द्रकै जस्तो अनियमितताका चांग भए पनि केही सकारात्मक अवस्था देखिएको छ । अब प्रदेश तथा स्थानीय तहमा रहेका साधन स्रोतलाई कसरी अधिकतम उपयोग गरेर आत्मनिर्भर बनाउने भन्ने कुरा पनि संवादको विषय बन्नुपर्छ । अहिले कुनै न कुनै उपायले शहर वा शहरोन्मुख क्षेत्रमा बस्न सकिने अवस्था आए ग्रामीण क्षेत्र पूरै खाली हुने अवस्था छ । यस्तो अवस्थामा पहाडका खोला किनारका फाँटहरु, डिहीहरु, टारहरु जहाँ सिँचाइ र अन्य थोरै सुविधा बढाएर व्यावसायिक कृषि होस् वा अन्य प्रयोजनमा भरपूर उपयोग गर्न सकिन्छ त्यस्ता कुराको खोजी हुनुपर्ने देखिन्छ ।
तराईका ग्रामीण क्षेत्रमा पनि खेतीको आकर्षण कम हुँदै गएको छ । खेतीमा पुनः आकर्षण फर्काउन के गर्न सकिन्छ भन्ने कुराको खोजी गर्नुपर्ने बेला आएको छ । पहाडका अधिकांश क्षेत्रमा फलफूल खेती गर्न सकिने अवस्था छ, त्यसलाई कसरी उपयोग गर्न सकिएला भन्ने कुरा सचेत युवा राजनीतिकर्मीले बेवास्ता गर्न मिल्दैन । समग्रमा भन्दा जनतासँग प्रत्यक्षीकरणमा समग्र आर्थिक तथा सामाजिक पक्ष केलाउन सकिन्छ र सक्नुपर्छ । होइन थापाले अब आफू कसरी पार्टी सत्तामा पुग्ने तथा सत्ताको गठबन्धन कसरी टुटाउने र कांग्रेसलाई फेरि सत्तासीन बनाउने भनेर जोड दिने योजना हो भने कांग्रेसप्रति जनताको भरोसा मर्दै जाने निश्चित छ । यसले कांग्रेसलाई दह्रो होइन झन् कमजोर बनाउने निश्चित छ । माथि भनिएका कुराहरूमा जनतासँगै बसेर विसद् छलफल गर्दै निष्कर्ष निकालेर अगाडि बढ्ने हो भने केही आशा गर्ने ठाउँ अवश्य रहनेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार