विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार १८:४:१८
१७ चैत, दमौली 'तनहुँ' । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्दै राष्ट्रपति पौडेलले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरूलाई भन्ने गरेको स्मरण गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु १५ करोड लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको राष्ट्रपति पौडेलले शिलान्यास गरेका हुन् ।
तनहुँको गाइघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उनले पञ्चायतका कठिन दिनहरुमा आफूहरु त्यहाँ सङ्गठन निर्माण गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने अवस्था रहेको स्मरण गर्दै लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताए । गाइघाटमाथिको एउटा वडामा मात्रै पनि करोडौको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पु¥याउन त्यहाँ पुलको आवश्यकता रहेको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने समेत उल्लेख गरे । “अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ”, उनले भने ।
उनले विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित भएको बताउँदै भने, “हाम्रो देश पृथ्वीमै स्वर्ग जस्तै छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार