नेदरल्यान्ड्समा तीन बन्धक रिहा
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार १८:२५:५७
१७ चैत, एजेन्सी । केन्द्रीय सहर एडेको एक रात्रिकालीन क्लबमा घन्टौँसम्म बन्धक बनाइएका तीन व्यक्तिलाई रिहा गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले ‘स्थिति अझै पनि समाप्त नभएको’ बताएको छ ।
गेल्डरल्यान्ड प्रहरीले सामाजिक सञ्जाल एक्समा बन्धकहरूको रिहाईको घोषणा गर्यो । क्लबमा थप बन्धक छन वा छैनन् भन्नेबारेमा प्रहरीले केही बताएको छैन । हतियारले सुसज्जित प्रहरी र विशेष गिरफ्तारी दल, केही मास्क लगाएका क्लबको बाहिर जम्मा भएका थिए ।
घटनास्थलको भिडियोमा तीन व्यक्तिलाई उनीहरूको रिहाईपछि हावामा हात उठाउँदै बाहिर निस्किएको देखाइएको छ । प्रहरीले एक्समा भनेको छ, “अहिलेसम्म आतङ्कवादी मनसायको कुनै सङ्केत प्राप्त भएको छैन ।”
यसअघि शनिबार अधिकारीहरूले मध्य एडेमा एक चोकलाई घेराबन्दी गरेका थिए र एक भवनमा धेरै मानिसलाई बन्धक बनाएर राखिएको भन्दै वरपरको करिब एक सय ५० घरलाई खाली गरेका थिए ।
प्रहरी प्रवक्ता सिमेन क्लोकले मनिसहरूलाई बन्धक बनाइएको बताए तर उनले घटनाबारे थप विवरण दिन वा कति मानिस संलग्न थिए भन्नेबारेमा जानकारी दिन अस्वीकार गरे । घटनास्थलमा रहेका एपीका फोटोग्राफरका अनुसार बन्धकहरूलाई एडेको लोकप्रिय बार तथा रात्रिकालीन क्लब पेट्टीकोटमा राखिएको थियो ।
आम्स्टर्डमबाट ८५ किलोमिटर दक्षिणपूर्वमा रहेको ग्रामीण बजार सहर एडेका घटनास्थलका तस्बिरहरूमा प्रहरी र अग्निनियन्त्रकहरूलाई एउटा घेराबन्दी गरिएको क्षेत्रमा सडकमा देखाइएको छ ।
यो अवस्था कायम रहेसम्म केन्द्रमा सबै पसलहरू बन्द रहने नगरपालिकाले जनाएको छ । सरहको स्टेसनबाट आवागमन हुने ट्रेनहरूलाई पनि रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार