अफगानी विश्वविद्यालयमा डेढ बर्षदेखि किशोरीको प्रवेशमा रोक
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार १८:२८:५८
१७ चैत, काबुल । अफगानी ससकारको गैर जिम्मेवारपूर्ण प्रवृतिको परिणामस्वरुप निरन्तर करिब डेढ बर्ष ९४५० दिन० भन्दा बढी समय अफगानिस्तानका विश्वविद्यालयहरू बालिकाहरूका लागि बन्द छन् । यसको चौतर्फी आलोचना भइरहेको छ । लामो समयदेखि गैर–मानवीय निर्णय बमोजिम बन्द भएका अफगानी विद्यालय तथा विश्वविद्यालयहरू अझै खोल्ने कुनै सङ्केत नदेखिएको टोलो न्यूजले जनाएको छ ।
शिक्षाबाट वञ्चित हुनु परेका निराशा बालिकाहरूले आफ्नो शैक्षिक गतिविधिमा भएकोे उल्लेखनीय ढिलाइलाई उजागर गर्दै यस वर्ष विश्वविद्यालयहरू पुनः खोल्ने विषयलाई प्राथमिकता दिन तालिबानी कामचलाउ सरकारलाई आग्रह गरेका छन् ।
पिडित अफगानी बालिकाको तर्फबाट बोल्दै खदिजाले किशोरीहरूकोे शिक्षाले सम्पूर्ण परिवारको साक्षरता र विकासलाई प्रतिबिम्बित गर्ने बताइन् । खादिजाजस्तै धेरै अफगानी महिलाले सुरक्षाका कारण आफ्नो पूरा नाम उल्लेख गर्न चाहन्नन् । खदिजाले भिनन्र, “संवेदनशिल विषयलाई बेवास्ता गर्नाले समग्रमा देशको हरेक प्रगतिलाई खतरामा पार्ने सम्भावना बढेको छ ।
पिडितको भावनालाई प्रतिनिधित्व गर्दै नारो थर भएकी एक अर्की महिलाले बालिकाहरूका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका खोल्न आग्रह गरेका छन् । गुणस्तरीय शिक्षाको निरन्तर प्राप्तिले मात्र उनीहरूको शिक्षा बलियो र प्रगतिशील समाज निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने उनीहरूको भनाइ छ ।
यस सन्दर्भमा विश्वविद्यालयका प्राध्यापकहरूले समेत चिन्ता व्यक्त गर्दै किशोरीहरूका लागि विश्वविद्यालयहरू निरन्तर बन्द हुँदा देशको प्रगतिमा बाधा पुग्ने डर पलाएको उल्लेख गरे ।
शिक्षाविद् जकिउल्लाह मोहम्मदीले शिक्षामा समान पहुँच सुनिश्चित गर्नु प्रभावकारी शासन र सामाजिक प्रगतिको आधार भएको बताए । पूर्व राष्ट्रपति हमिद करजाईले नर्वेका उपराजदूतसँगको छलफलका क्रममा बालिकाका लागि शैक्षिक संस्थाहरू पुनः खोल्ने आवश्यकतालाई जोड दिएका छन् ।
पुनः खोल्ने सम्बन्धमा तालिबानबाट नयाँ घोषणाहरू नभए पनि उनीहरूको शिक्षाको अधिकारका सम्बन्धमा कामचलाउ सरकारले दिएको अघिल्लो आश्वासनलाई स्मरण गरिएको छ ।
सन २०२१ मा तालिबान सत्तामा फर्किएपछि सरकारको निर्देशन अनुसार विद्यालयहरूले छ कक्षा पढिसकेका बालिकाहरूलाई विद्यालय तथा विश्वविद्यालय स्तरको कक्षा प्रवेशमा रोक लगाएका टोलो न्यूजले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार