अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार ११:२:१९
१८ चैत, वासिंगटन डिसी । अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ ।
हालै हङकङमा पारित भएको एक विधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारी माथि भिसा प्रतिबन्ध लगाउने भएको हो । अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ ।
अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा देशद्रोह, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरे पछि यो कदम चालेको हो ।
संयुक्त राज्य अमेरिकाका अनुसार सो नयाँ राष्ट्रिय सुरक्षा नीति बनाउन संलग्न ती अधिकारीहरूले ‘अधिकार र स्वतन्त्रता’ नदिने खोज्ने जिम्मेवार अधिकारीहरूलाई नयाँ भिसा प्रतिबन्ध लगाउनेछ । चीनको शासित क्षेत्रमा कडा राष्ट्रिय सुरक्षा कानून लागू भएको केही दिन पछि अमेरिकाले यो कदम चालेको हो ।
सो नयाँ कानुनको धारा २३ मा उल्लेख गरिएको व्यवस्था अनुसार सरकारको विरोध गर्नेहरूले अब कथित देशद्रोह, जासुसी, राजद्रोह र हङकङको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप जस्ता अभियोगको सामना गर्नु पर्ने हुन्छ । नेतृत्व प्रति सबै प्रकारका असहमतिलाई रोक्न सो कानुनले बाटो खोलेको थियो ।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने, ‘यो कानून हङकङ भित्र असहमतिलाई दबाउन र विदेशमा कार्यकर्ताहरूलाई धम्की दिने चीनको अभियानलाई अगाडि बढाउन प्रयोग गर्ने देखिएको छ ।’
जसका कारण हङकङका धेरै अधिकारीहरूलाई अधिकार र स्वतन्त्रता दिन नखोजको कारणको जिम्मेवार रहेको ठहर गर्दै नयाँ भिसा प्रतिबन्ध लगाउने कदम चालिरहेको छौं, ब्लिन्केनले भने।
बेलायतले १९९७ मा सो शहर चीनलाई हस्तान्तरण गरेको थियो, त्यसपछि सो क्षेत्र चीन शोषित क्षेत्रको रूपमा रहँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने
असोज १८, २०८१ शुक्रबार
दक्षिणी लेबनानका ३५ क्षेत्र खाली इजरायली सेनाको आग्रह
असोज १८, २०८१ शुक्रबार
तिरुपतिको प्रसाद लड्डु विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार