हुम्लाको ठेहेगाउँमा निःशुल्क स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार ११:७:२
१८ चैत, सिमकोट 'हुम्ला' । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले ठेहेगाउँमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो । एकदिने शिविरमा तीन सय १५ जनाले सेवा लिएका थिए ।
आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा एक सय ८१ महिला र एक सय ३४ पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शङ्कर साह रोनिहारले जानकारी दिए ।
यस्तै ७६ ज्येष्ठ नागरिकले उक्त शिविरमा सेवा लिएका हुन् । सेवा लिनेमा ३५ प्रतिशत बढी ज्येष्ठ नागरिक रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले बताए । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ ।
शिविरमा नसर्ने रोगको जाँच र औषधि वितरण गरिएको हो । यस्तै बाथरोग उपचार, जोर्नी, ढाड र जिउ दुख्ने बिरामीको उपचार गरिएको छ । अम्लपित्त ९ग्याष्ट्रिक०, पेटको समस्या, अनिद्रा, उच्च रक्तचाप, मधुमेह, उच्च रक्तचापलगायत बिरामीको उपचार गरिनुका साथै औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकलाई शक्तिवर्द्धक, स्तनपायी आमालाई दुग्धवर्द्धक औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले राससलाई बताए ।
यसैबीच, हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ नं वडासम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताए ।
यस्तै वडा नं २ का १४, वडा ३ का १०, ४ का एक, ५ का आठ, ६ का ७, वडा ७ मा आठ र वडा नं ८ का ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले जानकारी दिए । वडा १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो ।
प्रतिव्यक्ति रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको अध्यक्ष विजय भण्डारीले बताए । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष भण्डारी बताउछन् । आगामी आवबाट दीर्घरोगी बिरामीको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
मंसिर ५, २०८१ बुधबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार