सिराहामा सेटिङमा ट्राफिक प्रहरीको असुली धन्दाले व्यवसायीमा हैरानी
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १२:३७:३६
•मुकेशकुमार यादव
१८ चैत, सिरहा । सिरहामा ट्राफिक प्रहरीको अबैध असुलीधन्दा अझै रोकिन सकेको छैन् । व्यापक असुली गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरेपनि सिराहा ट्राफिक प्रहरीको असुलीधन्दा अझै रोकिन नसकेको हो ।
पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान, बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पांग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुली गर्ने पक्रिया अझै नरोकिएको व्यसायीहरु बताउँछन् ।
म्याजिक र विंगरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको सवारी संघका पदाधिकारीले बताए । उनले भने, ‘यसरी नै चल्दै आएको छ । दक्षिणा नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छन । त्यसैले पनि सवैबाट थोरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं ।’
यो प्रकृया जिल्लाका सबै ट्राफिक पोष्टमा त जान्छ नै, लहानदेखि बर्दिवाससम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता पनि रहेको उनले बताए । दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए । उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुंगो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ ।’
त्यसैगरी, ओभरलोड गरेर सिरहा क्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सयसम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यवसायीहरु गुनासो गर्छन् । व्यवसायीहरुका अनुसार थोरै लोड गरे पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाइदा हुन्छ की भन्ने हो । त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न् ।
आर्थिक मन्दीका कारण मुस्किलले उद्योग चलाइरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुली धन्दाको मारमा परेको बताउँछन् । उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन् ।
‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ । अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्, इँटा व्यवसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ । काम गर्ने भएपछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने ।’
सिरहामा ५५ भन्दा बढी इँटा उद्योगको करिब तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ । त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन् । साना सवारीको संख्या भने हजारको आसपासमा रहेको व्यवसायीहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार