मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १४:२४:७
१८ चैत, नवलपरासी । पश्चिम नवलपरासीमा भोलिदेखि मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितमा सातवटै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा टोली २२ अप्रिलदेखि बङ्गलादेशमा हुने बङ्गबन्धु कप प्रतियोगितामा भाग लिने प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए । पश्चिम नवलपरासी कबड्डीको लागि उर्वरभूमि भएकाले प्रतियोगिता यहाँ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक प्रदेशबाट १२ खेलाडिसहित प्रशिक्षक र व्यवस्थापक गरी कूल एक सय २९ जनाको सहभागी हुने समितिका अध्यक्ष रितमानकामु मगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रु ३२ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य प्रवर्द्धन, लुम्बिनी प्रदेश कबड्डी सङ्घको समन्वय र कबड्डी सङ्घ नवलपरासीको सहआयोजनामा सञ्चालन हुने प्रतियोगिता यही चैत १९ गतेदेखि सुरु भई २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता समूहले रु एक लाख पचास हजार नगदसहित मेडल प्राप्त गर्नेछन् । उपविजेता समूहले रु एक लाख पाउने छन् । सेमिफाईनलमा पुग्ने समूहलाई रु ५०र५० हजार पुरस्कारको व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार