बेलायती बालबालिकाको अभिभावकसँग प्रश्नः मैले कहिले स्मार्टफोन पाउँछु ?
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १७:४१:२४
हेलेन रोव
१८ चैत, लन्डन । पछिल्ला वर्षहरुमा बेलायतका धेरै बालबालिकाले “मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ? ” भन्ने प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ । यो प्रश्न अब नौलो होइन, आम बालबालिकाले आफ्ना अभिभावकलाई सोधेर हैरान पारिरहेका हुन्छन् । बालबालिकाको दिमागमा स्मार्टफोनले पार्ने असरबाट चिन्तित बनेका बेलायतका केही अभिभावक यसलाई रोक्न निकै सङ्घर्षरत देखिएका छन् ।
तीन बच्चाकी आमा डेजी ग्रीनवेलले आफ्ना बालबच्चालाई विद्यालयको ढोकामा पु¬याउँदा यही स्थिति अरु अभिभावकले पनि सामना गर्नु परेको छ । ग्रीनवेलकी साथीका ११ वर्षीय छोराले पनि यस्तै स्मार्टफोन मागेको थाहा पाइन् । ती बच्चाको कक्षाका अरु तीन बालबालिकाले स्मार्टफोन प्रयोग गरेको पाइएको थियो ।
इन्स्टाग्राममा उनले लेखेकी छिन, “अरु अभिभावकसँगको कुराकानीले मलाई आतङ्कति तुल्याएको छ । म मेरो बच्चालाई त्यस्तो सामान दिन चाहन्न जसले उनको मानसिक स्वास्थ्य बिगार्नुका साथै उनलाई कुलतमा फसाउँछ ।” “तर मलाई के पनि थाहा छ भने यस्तो दबाब व्यापक हुने गरेको छ,” पूर्वी इङ्ल्यान्डको उडब्रिजका एक पत्रकारले टिप्पणी लेखेका छन् ।
उडब्रिजको टिप्पणी लगत्तै धेरै अभिभावकले स्मार्टफोनको प्रयोगबाट हुनसक्ने असरका बारेमा एकपछि अर्को धारणा सार्वजनिक गरेका छन् । खासगरी बालबच्चाहरुले स्वतन्त्र रुपमा यस्ता डिभाइस चलाउन पाए उनीहरु अनलाइन बुलिङ, सामाजिक तनाब र हानिकारक सामग्रीबाट प्रताडित हुनेछन् ।
बढ्दो साइबर अपराध वृद्घिले बालबालिकामा मानसिक तनाव उत्पन्न हुने देखेर ग्रीनवेल र उनका साथी क्लेयर रेनोल्ड्सले “स्मार्टफोन फ्री चाइल्डहुड” नामको सचेतना अभियान सञ्चालन गरिन् ।
अभिभावकको अनुभव समेतलाई आधार मानेर गरिएको प्राज्ञिक अनुसन्धानले बालबच्चाले स्मार्टफोन माग्दा अभिभावकहरुले चिन्तित हुने गरेको देखाएको छ । कतिपय अभिभावकले भने आफूहरु बालबच्चाका अघिल्तिर निरीह हुने गरेको गुनासो गरेका थिए । फोन दिँदा पनि सुरक्षामा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ ।
बेलायतका विद्यालय शिक्षामन्त्री डेमियन हिन्ड्सले संसदीय समितिमा बोल्दै ११ वा १२ वर्ष उमेरका सबैजसो बालबालिकाले मोबाइल फोन राख्ने गरेको बताए ।
वास्तवमै स्मार्टफोनले बालबालिकाको मनमा ठूलो असर गर्ने अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हेड्टद्वारा भर्खरै प्रकाशित पुस्तक ‘द एन्क्सियस जेनेरेसन’मा उल्लेख छ । उहाँले फोनमा आधारित बाल्यकालको भविष्य युवामा मानसिक रोगको समस्या बढ्ने र यसलाई कम गर्नका लागि बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नुपर्ने बताउछन् । उनले स्मार्टफोनको पूर्ण रूपान्तरण सन् २०१० र सन् २०१५ को बीचमा भएको थियोे र जसले गर्दा बालबालिकाको मनमा ठूलो परिवर्तन आएको पुस्तकमा उल्लेख गरेका छन् ।
स्नातक अध्ययनरत विद्यार्थी डिप्रेसनमा जानु मुख्य कारण स्मार्टफोन नै हो, अमेरिकी कलेज हेल्थ एशोसिएसनले जानकारी गराएको छ । चौध वर्षभन्दा अगाडि स्मार्टफोन र १६ वर्षभन्दा अगाडि सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्नुपर्ने जोनाथन हेड्टले भने । यसका लागि हामी अभिभावकले मिलेर काम गर्नुपर्ने उनको धारणा रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने
असोज १८, २०८१ शुक्रबार
दक्षिणी लेबनानका ३५ क्षेत्र खाली इजरायली सेनाको आग्रह
असोज १८, २०८१ शुक्रबार
तिरुपतिको प्रसाद लड्डु विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार