अमिताभको एउटा फिल्म डेढ दशकदेखि अलपत्र, के अब रिलिज होला ?
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १०:४७:२९
१९ चैत, मुम्बई । पिंक, विक्की डोनर र पिकु जस्ता फिल्म निर्माता सुजित सरकारको एउटा फिल्म भने डेढ दशकदेखि अलपत्र परेको छ । अमिताभ बच्चन अभिनित यस फिल्मको नाम ‘शुबाइट’ हो । यो पूर्ण रूपमा सन् २०१२ मा निर्माण भएको थियो।
तर आपसी मतभेदका कारण फिल्म रिलिज हुन भने अझै सकेको छैन् । अहिले भर्खरै सुजितले ‘शुवाइट’को बारेमा मात्रै बोलेका छैनन्, त्यो फिल्ममा अमिताभको अभिनयलाई पनि उत्कृष्ट भनेर प्रतिक्रिया दिएका छन् ।
सुजित सरकारका अनुसार अमिताभले आफ्ना सबै फिल्ममा काम गरेका छन् । जसमध्ये उनको मनपर्ने ‘शुबाइट’ हो । बक्स अफिस वर्ल्डवाइडको रिपोर्ट अनुसार सुजितले फिल्मको बारेमा कुरा गर्दै भने, ‘शुबाइट मेरो मुटुको धेरै नजिक छ। यो मेरो र अमिताभको पहिलो सँगै फिल्म हो।
म तपाईंलाई देखाउन चाहन्छु कि अमिताभ बच्चनले आफ्नो मन र आत्मालाई त्यो क्यारेक्टरमा कसरी राखेका छन्। यो बिल्कुल ओभरड्रामेटिक पनि होइन। अभिव्यक्ति, शान्तता र समझ शक्ति। अमिताभ बच्चन उनको डायलग डेलिभरीको लागि परिचित छन्। तर ‘शुबाइट’ मा उनी बोलेको देखिने छैन। यो केवल शुद्ध भावनाहरू मात्रै प्रकट भएको देखिनेछ ।’
सुजितलाई थप प्रश्न गरियो कि मतभेद सुल्झिएको छ रु के यो फिल्म कुनै पनि ओटीटी प्लेटफर्ममा देखिने छ रु यसबारे सुजितले भने, ‘हामी चीजहरू समाधान गर्न कडा प्रयास गरिरहेका छौं तर यो धेरै गाह्रो पनि छ। यद्दपी, मलाई आशा छ कि यो समाधान हुन्छ र हामी फिल्म रिलिज गर्न सक्छौं ।’
एक स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा फिल्मको अधिकार डिज्नी र फक्ससँग रहेको लेखिएको छ । यो फिल्म हलमा रिलिज हुने कि ओटीटीमा रिलिज गर्ने भन्ने निर्णय निर्माताले गर्नुपर्ने हुन जान्छ ।
शुबाइट रोनी स्क्रूवालाको कम्पनी युटिभी मोशन पिक्चर्स द्वारा सुरु गरिएको थियो। फिल्मको सह निर्माता तब २०औं सेंचुरी फॉक्स थियो। जसका लागि चर्चित हलिउड फिल्म निर्माता निर्देशक मनोज नाइट शम्लानले यो कथा लेखेका थिए । खासमा उनले युटिभीलाई फिल्म बनाउन अनुमति दिए तर पछि उनले आफैं अंग्रेजीमा बनाउने निर्णय गरे र उनी आफ्नो अंग्रेजी फिल्म पहिले रिलिज हुने र त्यसपछि मात्रै त्यही कथामा हिन्दी फिल्म रिलिज हुने कुरामा अडिग रहे पछि त्यसयता यो फिल्म अलपत्र रहेको छ, रिलिज हुन सकेको छैन् ।
शुबाइटको कथा जोन परेरा 'जोनी मस्ताना' नाम गरेका व्यक्तिको बारेमा बताइएको छ, जो आफ्नो ५० को दशकमा छन्। यो शान्त मानिस घर छोडेर काँधमा झोला लिएर पैदल हिड्दै छ। भारतमा एक ठाउँबाट अर्को ठाउँमा। उसले कतै पुग्नुपर्छ । उसले खोजेको कुराको पछाडि प्रेम कथा छ। उनी र उनकी श्रीमतीको। यो यात्रामा उनले आफूलाई पनि भेट्छन् र एक किसिमको प्रायश्चित पनि गर्छन् ।’ शुबाइट’ मा अमिताभसँगै सारिका, दिया मिर्जा, जिम्मी शेरगिल र नवाजुद्दीन सिद्दीकी पनि मुख्य भूमिकामा छन् ।
सुजित सरकारद्वारा निर्मित फिल्म ‘वो भी दिन थे’ मार्च २९ मा रिलिज भएको थियो। यो फिल्म पनि करिब एक दशकदेखि रोकिएको थियो। फिल्मको वास्तविक नाम ‘बनाना’ थियो । तर पछि यसको नाम परिवर्तन भयो। ‘वो भी दिन थे’ ओटीटी प्लेटफर्म जी ५ मा रिलिज भएको छ। यस फिल्ममा रोहित सराफ, आदर्श गौरव र सञ्जना सांघी मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक साजिद अली हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबबी देओल र सैफअली पछि यी फ्लप नायक बन्दैछन् खलनायक
माघ १०, २०८१ बिहिबार
‘पुष्पा २’का निर्देशक सुकुमारको घर–अफिसमा आयकर विभागको छापा
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार