छिमेकी नै तर्सने गरी अनामनगरमा रेशम पक्षबाट रञ्जिता पक्षमाथि होहल्ला र कुटपिट
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १२:१६:३७
१९ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको काठमाडौं स्थित अनामनगरमा रहेकाे केन्द्रीय कार्यालय हाताभित्रै छिमेकी नै तर्सने गरी होहल्ला र कुटाकुट भएको छ । सुदूरपश्चिम सरकारको विषयलाई लिएर चलिरहेको छलफलमा रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठ चौधरी पक्षका नेतामाथि हात हालेको बताइएको छ ।
उनीहरुको होहल्लाले छिमेकी घरबाहिर र छतमा निस्किएका थिए । यसले रेशम चौधरी दम्पत्ति बीचको विवादबाट नागरिक उन्मुक्ति पार्टी विभाजन उन्मुख देखिएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरूबीच हात हालाहाल भएको हो ।
वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले जानकारी दिए । विवादका क्रममा रञ्जिता पक्षका टीकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ ।
नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ । रेशम पक्ष सुदुरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ । यसै विषयमा विवाद हुँदा हात हालाहालको स्थिति आएको ति नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार