केराखेतीबाट १० जना श्रमिकलाई नियमित रोजगारी
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १४:१३:५
१९ चैत, भद्रपुर 'झापा' । झापाको गौरीगञ्ज–५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ । उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन् ।
केरा उत्पादन सुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए । उनका अनुसार ८० बिघा जमिन भाडामा लिएर केराखेतीमा लगाइएको छ भने हालसम्म रू दुई करोड खर्च भइसकेको छ । सञ्चालक थापाले भने, “९० हजार केराका बिरुवा लगाएका छौँ । एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी छ दशमलव पाँच फिट हुन्छ ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘ब्लक विकास’ कार्यक्रममार्फत जिल्लास्थित कृषि ज्ञान केन्द्रले फार्मलाई प्राविधिक सहयोग गरिरहेको छ । केन्द्रका प्राविधिक अञ्जु आचार्यका अनुसार केन्द्र र फार्मको ५०-५० प्रतिशत लगानीमा प्रविधिक सामग्री सहयोग गर्ने सम्झौता भएअनुसार काम गरिएको बताए । उनका अनुसार पम्पसेट, पाइप मोटर्स, प्राङ्गारिक मललगायतमा दुवै पक्षको रू ३० लाख नौ हजार सात सय खर्च भएको छ ।
“फार्मले खानासहित दैनिक रू पाँच सय ज्याला दिन्छ । घर नजिकै रोजगारी पाएका छौँ । रोजगारीका लागि अरु देश जानु परेको छैन । यो हाम्रा लागि खुसीको कुरो हो”, फार्मका कामदार एकबार मियाँले भने । फार्मका अध्यक्ष वासु उप्रेतीका अनुसार सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठाउन सकिने बताए । लगानी उठेपछि खेती विस्तार गर्दै लैजाने योजना पनि रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार