आयरल्यान्ड एलाई नेपालले दियो २१४ रनको लक्ष्य
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १५:२०:४७
१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो ।
नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो ।
चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए । पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए ।
आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १–१ विकेट लिए । तीन खेलको सिरिजमा नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएँ
असोज १६, २०८१ बुधबार
साउथीले राजीनामा दिएपछि लाथम बने न्यूजील्याण्डको टेस्ट कप्तान
असोज १६, २०८१ बुधबार
बाबर आजमले दिए कप्तानीबाट राजीनामा
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार