आयरल्यान्ड वुल्भ्समाथि नेपालको सान्त्वना जित
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १७:९:३३
१९ चैत, काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी–२० खेलमा नेपालको ए क्रिकेट टिमले जित निकालेको छ । नेपाल ए ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा 'आयरल्यान्ड ए' लाई तीन रनले हराएको छ ।
जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनायो । आयरल्यान्डका ओपनर रोस एडियरले १४ बलमा ३१ रन जोडे भने जेम्स म्याकुलम ४ रन र पिटर मुर २ रनमा आउट भए ।
कप्तान निल रकले २ रन मात्र जोडे । टपिङ ६० रन र डेलनी ६८ रन जोडेर आउट हुँदा नेपाललाई राहत मिलेको थियो । अन्तिम ओभरमा आयरल्यान्डलाई २० रन चाहिदा नेपालका रशिद खानविरुद्ध फिन ह्यान्डले पहिलो बलमा छक्का प्रहार गरेका थिए । त्यसपछि दोस्रो बलमा दुई रन र तेस्रो बलमा पनि दुई रन लिए । चौथो बलमा चौका प्रहार गर्दा उसलाई दुई बलमा ६ रन चाहिएको थियो । पाँचौ बलमा दुई रन लिने क्रममा ह्यान्ड २२ रन जोडेर आउट भए ।
बलिङमा नेपालका विपिन खत्रीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दा २३ रन दिए । कमलसिंह ऐरी, रशिद खान र नारायण जोशीले १–१ विकेट लिए । नेपालका लागि आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ९३ रन जोडे । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे । रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए । त्यसअघि ओपनरद्वय लोकेश बम ८ रन र देव खनाल ६ रन जोडेर आउट भए । कप्तान विनोद भण्डारीले ११ रन जोड्दा बसिर अहमदले १९ रन बनाए । पवन सर्राफ १३ रन र नारायण जोशी १ रनमा आउट भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार