करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १७:५०:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/MSR-Multipurpose-Cooperative_9P7gosQpJN_1C4JYUYIr6.jpg)
१९ चैत, काठमाडौं । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं बचत रकम एक बर्ष यतादेखि फिर्ता गर्न सकेको छैन । दिनहुँ बचत फिर्ताको लागि हारगुहार गरिरहेका सदस्यहरू अहिले सो संस्थाले खोलेका सेवा केन्द्रहरूमा समेत कर्मचारीले काम छोडेर भागिरहँदा थप अप्ठेराेमा परेका छन् ।
सहकारी व्यवस्थापनले दैनिक जसो आश्वासनको पोको थमाएर बचत माग्न आउने सदस्यहरूलाई पठाउने गरे पनि कर्मचारी अभावमा सेवा केन्द्र नै बन्द हुन थालेपछि समस्या झन् बढेर गएको छ । झण्डै ४ हजार बचतकर्ता सदस्य रहेको सहकारीको ललितपुर ढोलाहिटीमा केन्द्रीय कार्यालय रहेको छ भने ललितपुरकै सातदोबाटो, चापागाउँ, लुभु, संख्खु, गोटीखेल लगायतका ठाउँहरूमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको छ । सहकारीमा समस्या सिर्जना भएको एक बर्ष यता तलब नपाएपछि सेवा केन्द्रका धेरैजसो कर्मचारीहरूले काम छाडेका छन् ।
जनताको झण्डै १० करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भू राम जोशी छन् । विश्वस्त स्रोतले बताए अनुसार अध्यक्ष स्वयम्भू राम जोशीको बदमासीका कारण सहकारी संकट तर्फ उन्मुख भएको हो । सहकारी भएपनि लघु वित्त मोडलमा कार्य गर्दै आएको सो सहकारीका अध्यक्ष स्वयम्भू राम जोशीले गरेको आर्थिक अनियमितता र मनोमानीका कारण सहकारी ओरालो लागेको बताइन्छन् ।
कुनै समय सामुदायिक लघुवित्तकाे सीईओ रहेका जोशी त्यहाँ पनि आर्थिक अनियमिततामा मुछिएपछि राष्ट्र बैंकको कारवाहीमा परेर २९ दिन जेलको हावा खाएका थिए । सोही संस्थामा रहँदाको आर्थिक अनियमितताको कारण बैंकिङ कसुरको मुद्दा उनीमाथि यद्यपि कायम रहेको स्रोतले बतायो । उनी भने धरौटीमा छुटेका हुन् । उनको सो मुद्दा अदालतबाट धेरै वर्षसम्म पनि फरर्छोट भएको छैन ।
तिनै जोशीले लघु वित्तमा रहँदा जाने सिकेको ज्ञानको आडमा एमएसआर बहुद्देश्यीय सहकारीलाई लघु वित्त मोडलमा ढालेर ललितपुर जिल्लामा गतिविधि अघि बढाएका थिए । अहिले उनी माथि सो सहकारीमा अध्यक्षको हैसियतबाट करोडौंको अनियमितता गरेर विभिन्न तौरतरिकाबाट ढाकछोप गर्न लागेको आरोप छन् । त्यस्तो रकम अध्यक्ष जोशी र उनका श्रीमती अध्यक्ष भएको संस्थाहरूमा लेनादेना देखाएर रकम मिलाएको बताइन्छ । जोशीले व्यवस्थापकलाई समेत प्रभावमा पारेर आर्थिक चलखेल गरेको बुझिएको छ । दुई बर्ष अघिसम्म श्रीमान श्रीमती भएर चलाएको सो संस्थामा समस्या आउन थालेपछि श्रीमतीलाई अलग गरी सञ्चालन गरिएको समेत बताइन्छ ।
यता बचतकर्ता महिलाहरूले अब संगठित भएर सहकारी विभागमा उजुरी दिने बताएका छन् । बचत फिर्ता माग्न जाँदा व्यवस्थापनका कर्मचारीहरू समेत नभेटिने र अध्यक्षसँग कुरा गर्न खोज्दा म होइन अरूसँगै कुरा गर्नु, म त्यहाँ छैन भनेर पनि भन्ने गरेको बचतकर्ताहरू बताउँछन् । सहकारीले साधारणसभा समयमा गरेर सहकारी विभागमा पेश गर्नुपर्ने प्रतिवेदन सहितको हिसाबकिताब हालसम्म बुझाएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
सुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार