अचानक सरुवाको पत्र आएपछि सचिवहरुमा खैलाबैला

नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १७:५५:२६

१९ चैत, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सचिवको सरुवा गरेकाे छ भन्ने खबर मात्र पाएका एक जना सचिव आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट पत्र आउँदा अचम्मित भए । आफू सरुवामा परेको उनलाई जानकारी दिइएन । पत्र हेर्दा उनले पहिलो पटक मन्त्रालयमा जाने अवसर पाएका रहेछन् । एकै पटक धेरै सचिवहरूको सरुवा भएकाले को कहाँ परे भन्ने सबैलाई थाहा भइसकेको छैन ।
बिहीबारको मन्त्रिपरिषदले सचिवको सरुवा गरेपछि उत्पन्न अवस्थाबारे उनले नेपालबहससँग आफूलाई पत्र आएको जानकारी दिए । उनी जस्तै धेरै जनालाई सरुवा भएको भन्ने सुने पनि कहाँ पुगियो भन्ने अझै जानकारी छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सरुवा भएका सचिवहरूलाई पत्र दिने काम धमाधम गरे पनि अझै बाँकी छन् ।
केही मन्त्रालय र निकायमा नाम टुंग्याएर पत्र बनाउन बाँकी रहेको र ठूलो संख्यामा सचिवहरूको जिम्मेवारी हेरफेर भएको उनले बताए । प्राप्त जानकारी अनुसार उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सचिवका रुपमा सरुवा भएको छ । वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग मामिला हेर्ने सचिवका रुपमा सरुवा भएका छन् । उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ ।
मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य मामिला सचिवका रुपमा सरुवा भएर आएका छन् । बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । वाणिज्य सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित अन्य सचिवहरूको पनि सरुवा भएपनि अहिलेसम्म पत्र नपुगेको बताइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा पुगेका छन् भने आयोगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा ऊर्जा मन्त्रालयबाट गोपालप्रसाद सिग्देल तानिएका छन् । अन्य को कहाँ परे भन्ने एकिन भइसकेको छैन ।
कति जनाले त मुख्यसचिव बैकुण्ड अर्याललाई फोन गरेरै सोधेका छन् । अर्यालले सरुवाबारे जानकारी नदिएको गुनासो सचिवहरूको छ । यसअघि मुख्यसचिवले सरुवाबारे सामान्य जानकारी दिने गरेकाे भएपनि यो पटक कतैबाट अधिकांश सचिवहरूले पत्तो नै नपाएको गुनासो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार