गृहमन्त्रीका कारण सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित भयोः कांग्रेस
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार ११:४७:१५
२० चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारी ठगी प्रकरणको अनुसन्धान फितलो भएको दावी गरेको छ । सहकारी संस्थाको रकम अपचलनमा नाम मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति गठन नभएका कारण अनुसन्धान प्रभावित भएको कांग्रेसको भनाइ छ ।
रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ । कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारीको रकम अनियमितता बारे छानबिनका निम्ति संसदीय समिति बनाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले संसदीय छानबिन समिति बनाएर निष्पक्ष अनुसन्धान नगरिए गृहमन्त्री रवि लामिछानेमाथि जिन्दगीभर ठगीको आरोप लागिरहने बताए । यो आरोपले तपाईंलाई कहिल्यै छोड्ने छैन, जिन्दगीभर लखेट्नेछ । त्यसकारण समिति बनाएर अनुसन्धान तपाईँकै हितमा हुन्छ, उनले भने ।
उनले सहकारीबाट गोर्खा मिडियामा ल्याइएको पैसा कसको हो भनी प्रश्न गरे । कसैले दान दिएको पैसा होइन । तपाईंले अमेरिकाबाट कमाएको पैसा होइन होला । त्यो गरिबहरूले छाक काटेर, ठेला चलाएर, तरकारी बेचेर कमाएको पैसा हो, उनले भने ।
ठगीको आरोप लागेका व्यक्ति गृहमन्त्री बनेकाले छानबिन प्रभावित भएको उनको भनाइ छ । अनुसन्धान अलपत्र परेको, रोकिएकाले विश्वासको संकट उत्पन्न भएको सांसद यादवले बताए । ‘जनताको न्याय टुहुरो भएकाले’ निष्पक्ष छानबिनका निम्ति संसदीय छानबिन समिति बनाउनुपर्नेमा उनले जोड दिए ।
विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुखले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएको तर अहिले छानबिन प्रक्रिया अवरुद्ध भएको सांसद यादवले बताए ।
छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनले बताए । उनले भने, ‘अनुसन्धान अलपत्र पर्यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको संकट उत्पन्न भएको छ ।’ छानबिन समितिबाट यसलाई टुंग्याउने विषयमा सहयोग गर्न पनि कांग्रेसले लामिछानेलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार