विपद्मा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई ५० हजार राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १३:२५:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/Money-paisa-rakam_01ubAXnD6Z_n6NZa1YXrF.jpg)
२० चैत, गोरखा । गोरखा नगरपालिकाले विपद्लगायत अन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपद्मा परी मृत्यु भएमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
नगरपालिका विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्दै नगरपालिकाले बालीनालीको क्षति, पशु मरेमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने व्यवस्था गरेको हो ।
स्वीकृत कार्यविधि अनुसार विपद्को घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार तथा घाइते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई रु १५ हजार उपलब्ध गराइनेछ । विपद्बाट नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा रु २५ हजार, आंशिक क्षति भएमा रु १५ हजार, कच्ची घर पूर्ण क्षति भएमा रु २० हजार र आंशिक क्षति भएमा रु १० हजार राहतस्वरुप प्रदान गरिने नगरप्रमुख रानामगरको भनाइ छ ।
विपद्बाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा रु १० हजार, आंशिक क्षति भएमा रु सात हजार, सामान्य टहरो पूर्ण क्षति भएमा रु आठ हजार, सामान्य क्षति भएमा रु पाँच हजार, घरको आँगन, पर्खाल, कर्सा वा अन्य क्षतिभएमा रु तीन हजार, आगलागीबाट परालको टौवा क्षति भएका बढीमा रु १० हजारसम्म राहत दिने व्यवस्था कार्यविधिले गरेको छ ।
कार्यविधिमा नगरपालिकाले कृषिबाली तर्फ हुने क्षतिमासमेत किसानलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । “खाद्यान्न र तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा प्राविधिकलागत अनुमानका आधारमा बढीमा रु २० हजारसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ”, उनले भने, “विपद्मा परेर पशुपक्षी तथा मत्स्यतर्फ पनि कार्यविधिले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।”
नगरपालिकाले स्वीकृत गरेको कार्यविधिमा विपद्बाट भैँसी, गाईगोरुमा मरेमा प्रतिगोटा बढीमा रु १० हजार, भेडाबाख्रा, बङ्गुर तथा सुङ्गुर मरेमा बढीमा रु पाँच हजार, व्यावसायिक दता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएका रु २० हजार तथा गोठखोर क्षति पुगेमा रु १० हजारसम्म क्षतिपूर्ति रकम उपलब्ध गराउने उनले बताए ।
कार्यविधि स्वीकृत भएसँगै शनिबार चितवनको इन्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर मुत्यु भएका गोरखा नगरपालिकाका पाँच जना मृतक र एक जना बेपत्ता भएका व्यक्तिको परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख रानामगरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन
फागुन ४, २०८१ आइतबार
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार