प्रधानमन्त्री प्रचण्डले रेशम र रञ्जितालाई भने, ‘श्रीमान-श्रीमती बाँझेको राम्रो देखिएन’
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १४:४५:१३
२० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीलाई मिलेर अगाडि बढ्न सल्लाह दिएका छन् । उनले राजनीतिमा आउने यस्ता विवाद सामान्य भएको भएको भन्दै दुवै जनालाई मिलेर काम गर्न सुझाव दिएका हुन् । मंगलबार भएका छुट्टाछुट्टै छलफलमा उनले अहिलेको समीकरणलाई सघाउन आग्रह पनि गरे ।
बिहान रञ्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गरेका थिए । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित भएपनि प्रचण्डले राजनीतिमा श्रीमान र श्रीमती बीचको विवादलाई सामान्य मान्नुपर्ने बताएका थिए । रेशम र रञ्जिता बीच विवाद हुँदा नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन भने नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्योल छ ।
सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रञ्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरूबीच कुटाकुट भएको थियो । कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी छन् ।
संरक्षक चौधरीले प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि आफू गएको बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरण अनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । उनले २३ र २४ चैतमा आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने बताएको जानकारी दिए । उनले प्रदेश सरकारलाई स्वायत्त भएर निर्णय गर्न दिन पनि आफूले प्रधानमन्त्रीलाई भनेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार