पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १६:२५:१५
२० चैत, पाकिस्तान । पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक आक्रोशित बनेका छन् ।
‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी सङ्गठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यालयहरूमा आवाश्यक सामाग्री सहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाई भएको र यसका कारण हजारौँ विद्यार्थीहरू निराश बन्नुपरेको छ ।”
‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहुँच भन्दा बाहिर रहेको रिपोर्ट गरेको छ ।
एक्काइसौं शताब्दीमा विश्वले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अबस्थामा दुर्भाग्यवस बलुचिस्तानका बालबालिकाहरू शिक्षाबाट वञ्चित रहन बाध्य छन् । यो प्रयास शिक्षाको अभावमा बलुच जनतालाई सीमान्तकृत राख्न राज्य गैर जिम्मेवार बनेको प्रमाण भएको बीएसओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभाव भएपछि झाल मगसीका करिब तीन दर्जन विद्यालयहरू बन्द भएका र यसका कारण यस क्षेत्रका बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।
यसैबीच शिक्षक र अन्य कर्मचारीहरूले भने घरमै बसेर तलब पाइरहेका छन् । झाल मगसीलाई बलुचिस्तानको सबैभन्दा उपेक्षित जिल्लाहरू मध्ये गणना गरिन्छ । जहाँ असहाय जनता लामो समयदेखि राज्यको छायामा परि गैर(जिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार