विभाजनतिर नाउपा, रेशमले बोलाएको बैठक बहिस्कार गर्न अध्यक्ष रञ्जिताको उर्दी
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १६:४०:२८
२० चैत, काठमाडौं । सत्ता गठबन्धनमा रहने कि विपक्षी गठबन्धनमा रहने भन्नेबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टी ( नाउपा) को विवाद उत्कर्षमा पुगेको छ । पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवादले नाउपा विभाजनउन्मुख देखिएको हो । रञ्जिता र रेशम नातामा पतीपत्नि हुन् । तर, राजनीतिक रुपमा उनीहरूबीच निकै भिन्नता उत्पन्न भएको छ ।
मंगलबार उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष रञ्जिताले आगामी २२ र २३ गते काठमाडौंमा डाकिएको बैठक आधिकारिक नभएको सूचना जारी गरेकी छन् । सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको भन्दै भाग नलिन भनेकी छन् ।
यसबाट नाउपाको विवाद थप चर्किएको प्रष्टै भएको छ । अध्यक्ष रञ्जिताले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको भन्दै सूचना निकालेरै बहिस्कार गर्न भनेकी छन् ।
टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन) बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका थिए । उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए ।
तर मंगलबार रञ्जिता (जसलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ) ले मंगलबार त्यो बैठक आधिकारिक नभएको बताएकी छन् । केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार