भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १८:३७:३९
२० चैत, काठमाडाैं । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९(९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो ।
अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार
अपडेट :काठमाडौं उपत्यकामा ९ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
असोज १२, २०८१ शनिबार