शेखर उठेर हिँडेपछि बुधबारलाई सर्यो कांग्रेसको उम्मेदवार छान्ने बैठक
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार २१:२७:१३
२० चैत, काठमाडौं । मंगलबार ढिलो गरी बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिका नेताहरूको बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न सकेन । सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का इलाममा डम्बर खड्काको पक्षमा अडिग रहे भने शेखर कोइराला यसको विपक्षमा ।
वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि यही चैत २४ गते उमेदवारको मनोनयन पत्र दर्ता गरिँदै छ । जसका लागि उम्मेदवार छान्न भन्दै सभापति देउवाले आज बैठक बोलाएका थिए । उमेदवार चयनलाई लिएर पार्टीमा विवाद देखिएको छ । नेताहरू शेखर कोइराला, शशांक कोइराला सहितले देउवाले अडान नछाडेपछि बैठक वहिस्कार गरे । शेखर उठेपछि अरु पनि क्रमश बाहिरिए ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टी सभापति देउवा र उपसभापति खड्काले इलाम–२ मा डम्बर खड्कालाई उमेदवार बनाउने प्रस्ताव गरेका थिए । तर, अर्को पक्षले उनीहरूको प्रस्तावलाई अस्विकार गर्यो । नेताहरू शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे भेषराज आचार्यको पक्षमा उभिए । सहमति नभए पछि केहीबेर शेखरले देउवा र खड्कासँग कुरा गरेका थिए । नमिल्ने भएपछि उनी बाहिरिए ।
कोइरालाले देउवासँग भनेका थिए, ‘इलामको विषयमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन ढिपी गर्नुहुन्छ । भेषराजलाई टिकट नदिए हारिन्छ । अब जित हारको जिम्मा तपाईं नै लिनुस् । म जान्दिन ।’ मंगलबारको छलफलमा शशांक कोइरालाले पनि समर्थन जनाएका थिए । शेखर हिँडेपछि उनी पनि बाहिरिएका थिए ।
देउवाले भने निरन्तर खड्का गएको निर्वाचनमा ११४ मतले मात्र पराजित भएको तर्क गरेका थिए । ०७९ को निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । सभापति देउवाले डम्बर मान्दैन, म कसरी मनाउने हो । भोलि इलाममा विवाद हुन्छ भनेका थिए ।
मंगलबार कुनै सहमति हुन नसकेपछि बुधबारका लागि बैठक बोलाइएको छ । बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र अपरान्ह ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार