विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्ने
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १०:३५:५२
२१ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफूले विश्वासको मत लिएपछि केन्द्रको सहमति अनुसार नेकपा एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने भएका छन् । उनले बुधबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो ।
प्रदेशसभामा आज ३ बजेको बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत लिने कार्यक्रम छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।
संसदीय दलमा विश्वासको मत लिने छलफल भएको छ परियारले भने,‘नेतृत्वहरुको बीचमा बसाइँ भइरहेको छ । नेतृत्वले के सहमति गर्नुहुन्छ । संसदीय दललाई जानकारी गराउनु हुन्छ । त्यहीँ अनुसार अगाडि बढ्छौ ।’ एमालेले केन्द्रमा भएको निर्णय कर्णालीमा पनि लागू गर्नुपर्ने बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार