झापामा कालाजार रोगका दुई संक्रमित भेटिए

नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १२:५४:२०
२१ चैत, झापा । जिल्लामा कालाजार रोगका दुईजना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि संक्रमित भेटिएका थिए ।
कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको संक्रमित भेटिएको बताए । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो । उनले कालाजारका संक्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिए । यही चैत महिनामा फेला परेका दुवै संक्रमित पुरुष छन् ।
उनले हाल जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र सरोकारवाला लगायतसँगको समन्वयमा अभिमुखीकरण तथा कालाजार खोजी गरिरहेको जानकारी दिए । प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्डफ्लाई’ नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा कालाजार सङ्क्रमण हुने उनको भनाइ छ । संक्रमितलाई टोकेको पोथी भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने गर्छ ।
कालाजारका बिरामीमा जीउ कालो हुँदै जाने र दुई साताभन्दा बढी अवधिसम्म ज्वरो आउने, भुँडी सुन्निनेलगायत लक्षणहरु देखापर्छन् । खुला र भुइँघरमा प्रायः रोग सार्ने भुसुनाले मानिसलाई टोक्ने गर्दछ । उgले कालाजारविरुद्ध अहिलेसम्म खोप उपलब्ध नभएका कारण भुसुनाको टोकाइबाट बच्न लामो बाहुला भएको कपडा लगाउने, भुसुना भगाउन तेल वा क्रिम शरीरमा दल्ने, घर वरिपरि सरसफाइमा ध्यान दिने, साँझको समयमा घरबाहिर नघुम्ने, राति झूल लगाएर मात्र सुत्ने सल्लाह दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार