प्रतिनिधिसभामा गुनासो, ‘सांसदको लोगो देख्नासाथ जनताले हामीलाई सहकारी ठग भन्न थाले’
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १३:२६:१३
२१ चैत, काठमाडौं । सांसदहरूले प्रतिनिधिसभाको बैठकमा आफूहरूलाई सार्वजनिक ठाउँमा सांसदको लोगो लगाएर हिँड्न पनि समस्या भएको बताएका छन् । सांसदको लोगो देख्नासाथ आम मानिसले यो सहकारी ठग हो भन्न थालको गुनासो गरेका छन् । गृहमन्त्री रवि लामिछानेमाथि सरकारी ठगीको आरोप लागेपछि सांसदहरूलाई सार्वजनिक स्थान र सवारी साधनामा समेत लोगो फुकाल्नु पर्ने अवस्था आएको सांसदको भनाइ छ ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा नेपाली कांग्रेसका सांसद रमा कोइराला पौडेलले सार्वजनिक गाडीमा लोगो लगाएर हिँडौं कि नहिँडौं ? भन्दै प्रश्न गरेकी छन् । उनले गाडीमा सांसदको लोगो लगाउँदा यात्रुले सहकारी ठग भन्ने गरेको गुनासो सुनाइन् ।
उनले भनिन्,‘सम्माननीय ज्यू म सार्वजनिक गाडीमा हिँड्छु । मेरो यो सांसदको लोगो देखेपछि सबैले मलाई यो सहकारी ठग हो भन्छन् । उहाँहरूलाई मैले के जवाफ दिनु ।’ सहकारी ठगीमा पहिले उपप्रधान तथा गृहमन्त्रीको नाम आएकोमा त्यसमा कुनै कारबाही नभएको उनको भनाइ छ ।
अहिले रास्वपाका उपसभापति तथा श्रममन्त्री डीपी अर्याल, माओवादीका नेता तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतको नाम पनि सहकारी प्रकरणमा जोडिएर आएको भन्दै गाडीमा सांसदको लोगो प्रयोग गरौँ कि नगरौँ भन्दै उनले प्रश्न गनिन् । लोगो लगाएर सार्वजनिक ठाउँमा हिँड्दा इमान्दार सांसद पनि ठग बन्नु परेको उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार
कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम
जेठ ९, २०८१ बुधबार