अग्लो झोलुङ्गेपुलबाट भिरमा खसेका युवाको उद्धार
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १४:७:४०
२१ चैत, पर्वत । पर्वत सदरमुकाम कुश्मामा रहेको कुश्मा–मुडिकुवा अग्लो पुलबाट भिरमा खसेका एक युवाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मंगलबार राति साढे ८ बजेको समयमा पुलबाट खसेर भिरमा अड्किएका गुल्मी घर बताउने ४२ वर्षीय सुरेश गुरुङलाई सशस्त्र पहरी बल २५ नं गण चण्डिका पर्वतका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाको नेतृत्वमा गएको टोलीले सकुशल उद्धार गरेको हो ।
गुरुङ करिब पुलभन्दा ७० मिटर तल भिरमा अड्किएका थिए । पुलमा यात्रा गरेका यात्रुले मानिस खसेको जानकारी गराएपछि थापाको नेतृत्वमा पुगेको टोलीले तत्काल उद्धार गरेर अस्पताल ल्याएको थियो ।
घाइते अवस्थामा उद्धार गरिएका गुरुङको पर्वत अस्पतालका उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार पुलबाट खस्ने युवाले मदिरा सेवन गरेको र मानसिक असन्तुलन रहेको पाइएको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । गुरुङका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँ छिर्दा र बाहिरिँदा खोलेको तगारो नलगाए जरिवाना तिर्नुपर्ने
जेठ १३, २०८१ आइतबार
गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार