गौरादहका तीनवटा सहकारीमा एकैरात चोरी
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १६:२:३
२१ चैत, झापा । झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो । चोरी गर्नेको पहिचान हुन सकेको छैन ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार गौरादह–५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको छ ।
यसअघि गत चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी हुदाँ रु १२ लाख ८७ हजार ६ सय २३ चोरी भएको व्यवस्थापक तिलक कार्कीले बताए । स्कुलचौनको जनहित सहकारीबाट करिब रु सात लाख सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताए ।
यसैगरी, सोही स्थानको चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट रु ८५ हजार र साना किसान सहकारीबाट रु ५४ हजार चोरी भएको बताइएको छ । नगरप्रमुख सुवेदीसहितको जनप्रतिनिधिको टोलीले आज बिहान घटनास्थल पुगेर त्यसबारे सहकारीका सञ्चालकसँग जानकारी लिएको छ । त्यस क्रममा उनले नगरभित्र सहकारी कार्यालयमा हुँदै आएको चोरी र तोडफोडको घटना नियन्त्रणका लागि स्थानीय प्रशासनको ध्यान जानुपर्ने बताए । एकैरातमा तीनवटा सहकारी संस्थामा चोरी भएपछि स्थानीयले सुरक्षा बढाउन माग राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार